अर्थमन्त्री कार्की श्रीलंका टप्पु क्षेत्रका मतदातासँग भोट माग्दै
इटहरी, १० मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको कोशीपारिको श्रीलंका टप्पु क्षेत्रका मतदातासँग आज भेटघाट गर्नुभएको छ । मन्त्री कार्कीले स्थानीय प्रशासनको पहुँचबाट अगल रहँदै आएका सो क्षेत्रका मतदाताले भोग्दै आएका समस्याबारे जानकारी लिनुभएको हो ।
उदयपुरको रामपुर ठोक्सिलादेखि दक्षिण तथा कोशी ब्यारेजदेखि उत्तर सुनसरीको पर्यटकीय क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षदेखि पश्चिमको बस्तीमा चुनावी भेटघाटको कार्यक्रम लिएर पहिलोपटक पुग्नुभएका उहाँले श्रीलंका टप्पुवासीले झेल्दै आएका समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभयो ।
विसं २०४५ भदौ ५ मा उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भूकम्पछि भोलिपल्टै भदौ ६ गते सप्तकोशी नदी चतराबाट पूर्वतिर हान्निएपछि उदयपुरको बसाहा पूर्वपट्टि र सप्तकोशी नदीको पश्चिमपट्टिको बस्ती टप्पुमा परिणत भएको हो । स्थानीय प्रशासनको पहुँचबाहिर रहेको बराह नगरपालिका– ९ को श्रीलंका टप्पुमा झण्डै एक हजार १०० घर परिवारको बसोबास रहेको छ । मन्त्री कार्कीसमक्ष श्रीलंका टप्पुका स्थानीयवासीले हरेक वर्ष जङ्गली हात्ती, संरक्षित अर्ना बँदेलबाट मारमा पर्ने गरेको गुनासो गरेका थिए । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












