बझाङका सीडीओ जोशी भन्छन्, ‘पैसा खाएर पत्रकारले मेरो बारेमा नराम्रो लेखें’
बझाङ, ११ मंसिर । बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मानन्द जोशीले आफुमाथि लागेको आरोप गलत भएको बताएका छन् । मदिरा सेवन गरेर सम्पर्कविहीन भएको भन्ने आरोप झुठा भएको बताएका हुन् । निर्वाचन सम्पन्न गरी मतपेटिका संकलन गर्ने क्रममा जिल्लाको नेतृत्व लिएर बसेका सीडीओ सम्पर्कविहीन भएको आरोप लागेको थियो । तर उनले आफुले आफ्नो जिम्मेवारी सहि तरिकाले निभाईरहेको प्रष्ट पारेका छन् ।
निर्वाचनपछि सवारी व्यवस्थापनको समेत जिम्मेवारी लिएका सीडीओ जोशी मदिरा सेवन गरी सम्पर्क बाहिर गएको आरोप लागेको थियो । मतदान सम्पन्न भएपछि सडकसम्म मतपेटिका ल्याउन निर्देशन दिएका जोशी आफैं गाडीको व्यवस्थापन नगरी सम्पर्क बाहिर जाँदा यस्तो समस्या आएको मतपेटिका व्यवस्थापनमा खटिएका कर्मचारीले आरोप लगाएका थिए ।
रातिसम्म सडकमै रहेको मतपेटिका प्रहरी आफैंले गाडीको व्यवस्थापन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएको उनीहरुको आरोप छ । तर सीडीओ जोशीले भने आफु रातभर खटिएर सडक मार्ग हुँदै ल्याउनुपर्ने सबै मतपेटिकाहरु बिहान ४ः३० मा सदरमुकाम पुर्याईसकेको बताए । उनले भने, ‘आफु अहोरात्र खटिएर मतपेटिकाहरु सुरक्षित साथ सदरमुकाम ल्याईसकिएको छ ।’ हवाईमार्ग भएर ल्याउनुपर्ने १५ स्थानको मतपेटिका पनि ल्याउने कार्य भईरहेको उनको भनाई छ ।
पत्रकारहरुले पैसा खाएर आफ्नो बारेमा नराम्रो समाचार लेखेको उनको आरोप छ । ‘पैसा खाएर, पत्रिका बिकाउन मेरो बारेमा यस्तो समाचार लेखे’, उनले भने । ७ नम्बर प्रदेशमा पर्ने बझाङमा निर्वाचन सम्पन्न भएपछि राजमार्गले छोएका मतदान केन्द्रका मतपेटिका गाडीमार्फत सदरमुकाम ल्याउने पूर्वतयारी भएको थियो । तर सीडीओ जोशी राति ९ बजे मदिरा सेवन गरी सुतेका कारण मतपेटिकासहित राजमार्गमा गाडी कुरेका कर्मचारीहरु आधा रातसम्म बाटोमै अल्मलिएका स्रोतको भनाई छ ।
“मतपेटिका बोक्ने सवारी साधन सीडीओ साबले आफूले व्यवस्था गरेको बताउनुभयो, त्यहीअनुसार मतदान सकिएपछि कर्मचारीहरू मतपेटिका संकलन गरी बाटोमा गाडी कुरेर बसे,” स्रोतले भन्यो, “मुचुल्कादेखि मतपेटिका उठाउन केही समय लाग्यो, गाडी आएनन् । उता सिडिओ साब मदिरा खाएर सुतिहाल्नु भएछ ।”
यसरी सिडिओ नै सम्पर्कमा नआएपछि सुरक्षित रुपमा मतपेटिका सदरमुकाम पुर्याउन प्रमुख निर्वाचन अधिकृतले निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवलाई खबर गरेका थिए । “यो कुरा प्रमुख आयुक्तले बझाङमा खटिएका गृहका अधिकारीलाई जानकारी गराउनुभयो । गृहका अधिकारीले ७ नम्बर प्रदेश प्रहरी प्रमुखलाई खबर गर्नुभयो,” स्रोतले भन्यो, “त्यसपछि प्रहरी तथा ट्राफिक प्रहरीका सवारी साधनलाई प्रयोग गरी बिहान ४ः३० बजेसम्म मतपेटिका तथा कर्मचारी जिल्लामा पुगे ।”
बझाङका मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले भने सहज रुपमै मतपेटिका संकलन भएको बताएका छन् । उनले भौगोलिक विकटताका कारण केही असहज भए पनि बाहिर हल्ला आएजस्तो नभएको दाबी गरे ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











