उम्मेदवारको घरमा बम विष्फोटन
उदयपुर, १२ मंसिर । जिल्लाको त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित नेपाली काँग्रेसका पूर्वसभापति तथा वर्तमान प्रदेशसभा सदस्यका उम्मेदवार हिमाल कार्कीको घरमा अज्ञात समूहले बम विष्फोट गराएको छ । आज बिहान ३ बजेतिर केही अज्ञात समूह आएर घरमा बम राख्न लागेको बेला आफ्नै बुबाले देखेपछि ती समूह बम फालेर भाग्दा विष्फोट भएको उम्मेदवार कार्कीले बताउनुभयो ।
बम विष्फोटनबाट कार्कीको गोठमा रहेको एक भैँसी र गाई घाइते भएपनि मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालयको टोली बिहानै घटनास्थलमा पुगेर अध्ययन गर्दा रेडबुलको बट्टालाई बम बनाएर पड्काएको पाइएको बताइएको छ । अहिले बम पड्काउने शंकास्पद व्यक्ति र लुक्ने क्षेत्रमा सम्भावित सम्बन्धित व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । निर्वाचन विरोधी गतिविधिमा उदयपुरमा सातजना पक्राउ
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधि गर्नेको खोजी गर्ने क्रममा प्रहरीले हालसम्ममा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको कम्युनिष्ट पार्टीमा आबद्ध जिल्ला सदस्य विष्णु कटुवाल, कमलामाया तामाङ, उद्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेललगायतका छन् भने माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राई पनि पक्राउ परेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












