गाग्रेभञ्ज्याङ–विर्तामोड सडकको आधा काम सम्पन्न
मंगलबारे, इलाम, १२ मंसिर । देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ । डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिनुभयो । उन्नति समावेशी परियोजनाअन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको छ । गाग्रेभञ्ज्याङ–जितपुर–सोयाक–बेलवासे–चिसापानी सडक निर्माण भएसँगै जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दालाई तराई झर्न सहज हुनेछ ।
मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करिब ११० किलोमिटर पार गर्नुपर्छ । तर सो सडक निर्माणपछि करिब ६० किलोमिटर सडक पार गर्दा झापाको विर्तामोड पुग्न सकिन्छ । उक्त क्षेत्रका बासिन्दाले उत्पादन गरेको वस्तु तराई लैजान, दैनिक उपभोग्य वस्तु घर भित्र्याउन, बिरामी हुँदा चाँडो अस्पताल जान र व्यापारिक दृष्टिले समेत स्थानीयलाई सहजता हुनेछ । दुई चरणमा काम भइरहेको छ । सो परियोजनाअन्तर्गत ३२ किलोमिटर सडकको स्तरोन्नति गरिने इञ्जिनियर झाले बताउनुभयो । पर्खाल निर्माण ९० प्रतिशत पूरा भएको छ ।
विसं २०७३ चैतदेखि शुरु भएको काम सम्पन्न गर्न आगामी ७४ जेठसम्म कुर्नुपर्ने छ । हाल देउमाई नगरपालिकाको जितपुरबाट सोयाक–दानाबारी हुँदै झापासम्म तीनवटा बस सञ्चालनमा आएको स्थानीय बासिन्दाले बताए । सो सडक भएर साना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । पहिलो चरणमा १६ किलोमिटर सडक निर्माणको जिम्मा देवा निर्माण कम्पनीलाई दिइएको छ भने दोस्रो चरणअन्तर्गतको १५ किलोमिटर सडक निर्माणको जिम्मा याक्थुमहाङ बिरुवा कम्पनीलाई दिइएको छ ।
पहिलो चरणको काम गर्न रु १० करोड ७३ लाखमा ठेक्का सम्झौता भएको छ भने दोस्रो चरणको रु १० करोड १५ लाखमा ठेक्का सम्झौता हुन लागेको आयोजनाले जनाएको छ । सो सडक निर्माणपछि कालोपत्र गर्ने तयारी रहेको आयोजनाका मूल्य श्रीङ्खला संयोजक विष्णु काफ्लेले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












