पूर्वएआइजी गणेशराज राईले नयाँ शक्ति छाडे, राजनीतिमा किन टिक्न सकेनन् ?
काठमाडौं, १२ मंसिर । नयाँशक्ति पार्टीका नेता पूर्वएआइजी गणेशराज राईले पार्टी परित्यागको घोषणा गरेको छ । नयाँ शक्ति पार्टी परित्याग गर्दै राजनीतिबाटै अलग भएको घोषणा गरेका हुन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले नयाँ शक्ति पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
राईले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ । नयाँशक्ति पार्टीमा विधिको शासन हुनुपर्छ, नेताहरु पनि प्रणालीमा चल्नुपर्छ । अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न सकिएन, त्यसैले मैले आफूलाई राजनीतिबाट अलग राख्ने निर्णय लिएको छु ।’
पूर्वएआइजी राईले ट्राफिक प्रहरी प्रमुख भएका बेला काठमाडौंको सडक विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । अहिले नयाँ शक्ति छाडे पनि नागरिकका रुपमा देशका लागि आफूले भूमिका खेल्ने राईको भनाइ छ ।
प्रेस विज्ञप्तिमा राईले भनेका छन्, ‘नयाँ शक्ति पार्टीबाट अलग भए पनि आगामी दिनमा नेपाल प्रहरी जस्तो अनुशासित फौजमा रहेर आर्जन गरेको शीप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान पुर्याउने मेरो सोच रहेको छ ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












