मतदाता भन्छन्–“मतदान गर्न आउँदैन
भक्तपुर, १३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर डर छ, कतै आफूले गरेको मतदान बदर भएर खेर जाने त होइन रु प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल मतदाता अन्यौलमा रहेको बताउनुहुन्छ । तीन पटक मतदान गर्नुपर्छ भन्ने जनताले बुझे पनि चार ठाउँमा मतदान गर्नुपर्छ भन्ने बुझ्न सकेका छ्रैनन् । कुन रंगको मतपत्र कसका लागि हो भन्ने बुझ्न नसक्दा उनीहरु अन्यौलमा परेका छन् ।
निर्वाचन आयोगले देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर गाउँ टोलमा टोली पठाए पनि प्रभावकारी हुनसकेको छैन । घरघरमा पुगेर मतदाता शिक्षा दिनुपर्ने प्रावधान भए पनि त्यसरी परिचालित हुननसक्दा मतदाता शिक्षा प्रभावकारी हुननसकेको गुनासो आएको हो । सूर्यविनायक नगरपालिका– १ सिरुटारकी प्रतिमा श्रेष्ठ कसरी मतदान गर्ने भन्ने अन्यौल भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–“भोट हाल्ने दिन नजिक आइसक्यो, कसैले तीनवटा भोट हाल्नुपर्छ भन्छन्, कसैले चारवटा, तर कति पटक कसरी हाल्ने र कसरी खसाल्ने भन्ने कुरा जाने कै छैन ।”
भक्तपुर नगरपालिका १ दूधपाटिका सरोज सुवालको भनाइ पनि यस्तै छ । “पहिला पनि भोट हालेकै हो, त्यसैगरी अहिले पनि भोट हालौला, तर कुन भोट कुन पदका लागि त्यो थाहा छैन, भोट हाल्ने ठाउँमै सोध्नु पर्ला”–उहाँले भन्नुभयो । मतदातालाई भोट हाल्ने ठाउँमा केही सोध्न पाइदैन भन्ने पनि थाहा छैन, यस्तो बेलामा मत बदर हुने सम्भावना हुन्छ ।
गत स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सात वटा छाप लगाएका मतदातामध्ये कतिपयले यसपटक पनि यस्तै होला भन्ने बुझेका छन् । चाँगुनारायण नगरपालिका– ३ का कोपिला खड्का एउटै मतपत्रमा चारवटा छाप लाउने भन्ने आफूले बुझेको बताउनुभयो । उहाँले भन्नुभयो–“भोट हाल्न त आइहाल्छ नि, अस्तिको चुनावमा एउटै मतपत्रमा सात ठाउँमा छाप लगाए, अहिले चार ठाउँमा लाउनुपर्छ भन्ने सुनेको छु, त्यसैगर्छु ।”
दलका नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेपनि कसरी मतदान गर्ने, कतिवटा मतपत्र हुन्छ, कतिवटामा छाप लगाउने भन्ने जानकारी मतदातालाई नगराउदा मतदाता अन्यौैलमा परेका हुन् । नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले मतदाता शिक्षा प्रभावकारी रुपमा घरदैलोमा नपुगेको बताउँदै यसमा बजेट सदुपयोग हुन नसकेकाले यसको जिम्म दलले पाउनुपर्ने जिकिर गर्नुहुन्छ ।
यता एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राजथला पनि चुनावप्रचार र घरदैलोमा व्यवस्त नेता कार्यकर्ताले मतदातालाई भोट हाल्न नसिकाएको बताउदै मतदाता शिक्षा प्रभावकारी हुननसकेको बताउनुहुन्छ । नेमकिपा भक्तपुरका केन्द्रीय सदस्य एवं क्षेत्र नं २ प्रदेशसभाका उम्मेदवार सरोजराज गोसाइँ भने आफ्नो पार्टीले चुनावप्रचारसँगै मतदाता शिक्षा पनि दिएको बताउनुहन्छ । मतदाता शिक्षा भन्दा पनि दलहरुले आफैले भोट हाल्न सिकाउदा मत बदर हुने सम्भावना कम हुने उहाँको भनाइ छ ।
यता जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले पनि मतदाता शिक्षा प्रभावकारी नभएको गुनोसो आएपछि खटिएका टोलीलाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिन निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो–“यस जिल्लाका लागि २०९ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेका छौँ, घर÷घरमा गएर नमूना मतपत्रमा मतदान गर्न सिकाउन निर्देशन दिएका छौँ, दलका प्रतिनिधिले पनि मतदाता शिक्षामा सहयोग गर्नुपर्ने आवश्यक छ ।”
निर्वाचन आयोगले आउँदो २१ गतेको निर्वाचनका लागि तीन रंगका मतपत्र छपाइ गरेको छ । पहिलो हरियो रंगको मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभा सदस्यको एउटा चिन्हमा, दोस्रो कालो रंगको मतपत्रमा आफूले रोजेको प्रदेशसभा सदस्यका एउटा चिन्हमा र तेस्रो रातो मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ माथिल्लो कोष्टको चुनाव चिन्हमा र प्रदेशसभा सदस्यको समानुपातिकका लागि तल्लो कोष्टको चुनाव चिन्हमा छाप लगाउनुपर्ने राईले जानकारी दिनुभयो ।
हरियो र कालो मतपत्रमा एक भन्दा बढी छाप लगाए रद्द हुने र रातो मतपत्रमा माथि र तल फरक÷फरक कोष्टमा एक÷एक वटा चिन्हमा छाप लगाउनुपर्छ भनेर बुझाउनु अत्यावश्यक रहेको उहाँको भनाइ थियो । मतदान गरेपछि मत खसाल्ने क्रममा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मत निर्धारित बाकसमै खसाल्नुपर्छ । अन्य बाकसमा खसाले त्यस्तो मत समेत बदर हुने भएकाले मतदाता शिक्षा प्रभावकारी हुनुपर्ने प्रमुख राईले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











