त्रिशूलीमा खसेको बस २५ फिट गहिराइमा फेला, मर्नेको संख्या ८ पुग्यो
चितवन, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको त्रिशुलीमा खसेको लु२ख २९१ नम्बरको बसलाई सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा फेला पारेका छन्।
सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारिएको हो । काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेको बसमा त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
८ जना मृतक मध्ये २ जनाको मात्रै सनाखत भएको छ। मृत्यु हुनेमा देवदह-१०, गोदाहका दीपक पाण्डे र पवन महत रहेका छन्। उक्त दुर्घटनामा घाइते भएकाको समयमै उद्धार गरी उपचार नहुँदा थप एक जनाको मृत्यु भएको हो ।
उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि लगिएको छ। गलत दिशाबाट आएको बा६ख ४९७२ को ट्रकसँग ठोक्किएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












