जेलभित्रैबाट चुनाव लडिरहेका टीकापुर घटनाका आरोपी थाारु भन्छन्, ‘मेरो प्रतिस्पर्धा आरजुसँग मात्र’
कैलाली, १४ मंसिर । टीकापुर घटनाका मुख्य आरोपित कैलाली–५ का प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसकी नेत्री डा. आरजु राणा देउवासँग मात्र भएको दावी गरेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका थारु टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा छन्।
कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार थारुले मंगलबार कैलाली कारागारभित्र पत्रकारसँग कुराकानी गर्दै वाम गठबन्धनका नारदमुनि रानाप्रति एमाले पार्टीभित्रै असन्तुष्टि रहेको र विवेकशील साझा पार्टी नयाँ भएकाले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसका उम्मेदवारसँग मात्र भएको दावी गरे। कारागारभित्र बसेर चुनाव लड्नु परेपनि आफ्नो जित सुनिश्चित भएको समेत दाबी गरे।
थारु आन्दोलनले उठाएका मुद्दाका विषयमा विगत लामो समयदेखि आफू रगत पसिना बगाएर लडिरहेको र निर्वाचनका दौरान जनतालाई झुठो आश्वासन नबाँडेकाले निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे। ‘जनताको घरदैलोमा पुगेर चुनावी प्रचारप्रसार गर्न नपाएकामा दुखी छु’ थारुले भने, तर सयौं शुभेच्छुक, स्वयंसेवक साथीहरु मेरो प्रचारप्रसारमा अहोरात्र लागिपर्नु भएको छ। यसले गर्दा धेरै खुसीपनि छु।’
थारुले भने, ‘बिहान ९ देखि ४ बजेसम्म फोनमार्फत आफैले प्रचारप्रसार गरिरहेको र महिला, भलमन्सा, उद्योगी लगायतका करिब २६ वटा टोलीले विभिन्न कार्यक्रममार्फत् प्रचारप्रसार गरिरहेका छन्।’
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











