अमेरिकारले भन्यो, ‘उत्तर कोरियासँग सबै मुलुकले सम्बन्ध विच्छेद गर्नुपर्छ’
एजेन्सी, १४ मंसिर । अमेरिकाले उत्तर कोरियासँग कूटनीतिक र व्यापारिक सम्बन्ध विच्छेद गर्न सबै मुलुकसँग आग्रह गरेको छ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाको कदमले उक्त क्षेत्रलाई थप अस्थिर बनाएको भन्दै सबै मुलुकले सम्बन्ध बिच्छेद गर्नुपर्ने तर्क गरेकी हुन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न आग्रह गरेको जानकारी पनि उनले दिए । अमेरिकाले द्वन्द्व नचाहेको भन्दै उनले यदि युद्ध भए उत्तर कोरिया नराम्ररी ध्वस्त हुने चेतावनी उनले दिए ।
दुई महिनापछि प्योङयाङले अमेरिकाको जुनसुकै स्थानमा मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र परिक्षण गरेको दावीपछि अमेरिकाले फेरि चेतावनी दिएको हो । उत्तर कोरियाले बुधबार परीक्षण गरेको क्षेप्यास्त्र चार हजार ४७५ किलोमिटर उचाइमा पुगेको दावी गरिएको छ ।
यो इन्टरन्याशनल स्पेस स्टेशनभन्दा दश गुणामाथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा फेरि प्रवेश गर्न सक्ने क्षमताको मानिएको छ । उत्तर कोरियाली नेता किम जङ उनले क्षेप्यास्त्र परीक्षणलाई त्रुटिरहित र ठूलो उपलब्धि दावी गरेका बेला विज्ञहरुले उत्तर कोरियासँग त्यस्तो प्राविधिक दक्षता रहेकामा शंका व्यक्त गरेका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












