झापा पुगेर ओलीले भने, ‘राजाको पाउँमा बिन्ति चढाउनेले अधिनायकवाद आउँछ भन्न सुहाउँदैन्’
झापा, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टले जिते अनिनायकवाद आउँछ भन्ने भ्रम कांग्रेसले फैलाईरहेको आरोप लगाएका छन् । हिजो जसले प्रधानमन्त्रीको अधिकार राजाको पाउमा उढाए, उनीहरुले कम्युनिष्टले जिते अधिनायकवाद आउँछ भन्दै भ्रम फैलाएको ओलीको दाबी छ ।
राप्रपाको पहलमा बिहीबार भद्रपुरमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष ओलीले भने, ‘हिजो प्रधानमन्त्रीको अधिकार राजाको पाउँमा चढाउँदा अधिनायकबाद आएन्, अहिले कम्युनिष्ट मिलेर चुनाव जित्न खोज्दा अधिनायकबाद आउँछ रे ।’
झापा ५ मा एमालेले म्याच फिक्सिङ गरिरहेको बेला अध्यक्ष ओलीले कसैसँग त्यस्तो नगरिने बताए । एमाले–माओवादीको वाम गठबन्धनले झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई सर्मथन गरेको छ । कांग्रेसका कृष्ण सिटौला चुनावी मैदानमा छन् । तर, झापा ३ मा पछिल्लो पटक सिटौलालाई जिताउन म्याच फिक्सिङ भएको चर्चा चलिरहेको छ ।
ओलीले दुई वटा अंग्रेजी शब्द मिसाएर जनतालाई भ्रममा पार्ने कोसिस भएको बताए । ‘एमाले जे गर्नुछ, त्यही गर्छु भन्छ’ उनले भने, ‘मैदानमा खेलाडी पठाउने तर, म्याच फिक्सिङ गर्ने काम अरु पार्टीले सोच्ला एमालेले सोच्दैन ।’
उनले गठबन्धनकारी दल माओवादी केन्द्रलाई पनि म्याच फिक्सिङ नगर्न आग्रह गरेका छन् । कांग्रेसले धोका दिएपछि झापा ३ मा वाम गठबन्धनले राप्रपालाई समर्थन गरेको भन्दै उनले लिङ्देन साझा उम्मेदवार भएको बताए । एमाले र माओवादीको समर्थन हुँदा हुँदै लिङ्देन पराजित भए एमालेलाई लाज हुने उनले बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












