झापा पुगेर ओलीले भने, ‘राजाको पाउँमा बिन्ति चढाउनेले अधिनायकवाद आउँछ भन्न सुहाउँदैन्’
झापा, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टले जिते अनिनायकवाद आउँछ भन्ने भ्रम कांग्रेसले फैलाईरहेको आरोप लगाएका छन् । हिजो जसले प्रधानमन्त्रीको अधिकार राजाको पाउमा उढाए, उनीहरुले कम्युनिष्टले जिते अधिनायकवाद आउँछ भन्दै भ्रम फैलाएको ओलीको दाबी छ ।
राप्रपाको पहलमा बिहीबार भद्रपुरमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष ओलीले भने, ‘हिजो प्रधानमन्त्रीको अधिकार राजाको पाउँमा चढाउँदा अधिनायकबाद आएन्, अहिले कम्युनिष्ट मिलेर चुनाव जित्न खोज्दा अधिनायकबाद आउँछ रे ।’
झापा ५ मा एमालेले म्याच फिक्सिङ गरिरहेको बेला अध्यक्ष ओलीले कसैसँग त्यस्तो नगरिने बताए । एमाले–माओवादीको वाम गठबन्धनले झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई सर्मथन गरेको छ । कांग्रेसका कृष्ण सिटौला चुनावी मैदानमा छन् । तर, झापा ३ मा पछिल्लो पटक सिटौलालाई जिताउन म्याच फिक्सिङ भएको चर्चा चलिरहेको छ ।
ओलीले दुई वटा अंग्रेजी शब्द मिसाएर जनतालाई भ्रममा पार्ने कोसिस भएको बताए । ‘एमाले जे गर्नुछ, त्यही गर्छु भन्छ’ उनले भने, ‘मैदानमा खेलाडी पठाउने तर, म्याच फिक्सिङ गर्ने काम अरु पार्टीले सोच्ला एमालेले सोच्दैन ।’
उनले गठबन्धनकारी दल माओवादी केन्द्रलाई पनि म्याच फिक्सिङ नगर्न आग्रह गरेका छन् । कांग्रेसले धोका दिएपछि झापा ३ मा वाम गठबन्धनले राप्रपालाई समर्थन गरेको भन्दै उनले लिङ्देन साझा उम्मेदवार भएको बताए । एमाले र माओवादीको समर्थन हुँदा हुँदै लिङ्देन पराजित भए एमालेलाई लाज हुने उनले बताए ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











