प्रतिबद्धता पूरा नभएपछि रानाथारू समुदाय निराशा
कञ्चनपुर, १४ मंसिर । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएका विनाराम रानाथारूलाई चुनावी चटारोले छोएको छैन । उहाँ मात्रै होइन सोही ठाउँका तत्कालीन माओवादीका स्थानीय नेता विख्लु चौधरी पनि निर्वाचनप्रति त्यति उत्साहित हुनुुहुन्न । उहाँले भन्नुभयो – “परिवर्तनको आशासहित विगतमा माओवादीमा लागेर १० वर्षसम्म जनयुद्ध लडियो । अहिले आएर केही भएन । जनयुद्धमा लागेकामा अहिले पछुतो लागेको छ ।”
धुलाम्मे सडक पार गर्दै राससकर्मी मंगलबार साँझ उक्त बस्तीमा पुग्दा उहाँहरू जस्तै रानाथारू बस्तीका सबैको गुनासो थियो, “चुनाव आउँदा भोट माग्न आउँछन् । जितेर गएपछि मुखै देखाउन आउँदैन । चुनावका बेलामा गरेको सबै प्रतिबद्धता बिर्सन्छन् । ”विख्लुजस्तै उक्त बस्तीका करिब १०० जना रानाथारू समुदायका व्यक्ति मंगलबार साँझ भोट माग्न पुग्नुभएका नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार तथा काँग्रेस नेता नारायणप्रकाश साउदसँग पार्टीको सदस्यता लिँदै भनिरहेका थिए, “नेताज्यू, विगतकाले जस्तो प्रतिबद्धता गर्ने काम चैं नगर्ने प्रवृत्तिको अन्त्य होस् । हामी तपाईंलाई सहयोग गर्न तयार छौँ ।”
चिसो बढेसँगै आँगनमा आगो बालेर लहरै बसिरहेका उनीहरुको मुहारमा खुशी नभई समस्याको चाङमा मात्रै भएको प्रस्टै देख्न सकिन्थ्यो विगतमा राजनीतिक दलले भोट माग्दा गरेको प्रतिबद्धता पूरा नगरेपछि करिब ८० घरधुरी रहेको उक्त बस्तीमा निर्वाचन आउन करिब एक साता मात्रै बाँकी रहँदा पनि अहिले न कुनै पार्टीको झण्डा नै फहराइएको छ, न उनीहरू नै प्रचारप्रसारमा जुटेको देखिन्थ्यो ।
मंगलबार साँझ स्थानीय नेता सुरेन्द्र देउवा, जिल्ला कोषाध्यक्ष शंकरबहादुर चन्दलगायत उक्त बस्तीमा पुग्नुभएका काँग्रेस कञ्चनपुर क्षेत्र नंं २ का प्रतिनिधिसभा उम्मेदवार साउद पहिलो उम्मेदवार हुनुहुन्थ्यो । उहाँ बस्तीमा पुगेलगत्तै स्थानीयवासीले नेता साउदमाथि स्थानीय समस्याको फेहरिस्त प्रस्तुत गर्दै समस्याको समाधान गरिदिए आफूहरु सहयोग गर्न तयार रहेको बताए ।
आफ्ना समुदायलाई पछि पारिएको बताउँदै उनीहरुले बस्तीमा खानेपानीको अभाव, बाटोघाटो, बाढी र डुबानको समस्या रहे पनि कसैले माग पूरा नगरेको गुनासो गरे । छब्बीस प्रतिशत रानाथारू र चौधरी थारू रहेको निर्वाचन क्षेत्र नं २ मा काँग्रेसले प्रदेशसभामा श्यामलाल राना र गीता चौधरीलाई कृष्णपुर नगरपालिकाबाट समानुपातिक उम्मेदवार बनाएको छ । उनीहरुले भने – “नयाँ बन्ने प्रदेश सरकारमा पनि हाम्रो प्रतिनिधित्वलाई काँग्रेसले समेट्ने प्रयास गरेकामा रानाथारू समुदाय आभारी छ ।”
प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार श्यामलाल रानाले भन्नुभयो – “अरू पार्टीहरुले थारू समुदायलाई बेवास्ता गरेको देखियो ।” उहाँले नेकपा एमालेबाट थारू समुदायका नेता कृपाराम रानालाई अघिल्लो पटक समानुपातिकबाट सांसद बनाए पनि उहाँलाई आसन्न निर्वाचनमा कुनै भूमिकामा नराखिएकोप्रति आपत्ति प्रकट गर्नुभयो । “थारू समुदायलाई बेवास्ता गरिएकाले पनि यसपटकको निर्वाचनमा निर्णायक मत हाम्रै समुदाय हुन्छ,” रानाले भन्नुभयो – “थारू उम्मेदवार बनाएको पार्टीले सो समुदायलाई निर्वाचनमार्फत न्याय दिनेछन् ।”
काँग्रेसका नेता एवं पूर्वमन्त्री साउदले काँग्रेसले प्रदेश नं ७ मा टिकट वितरण गरेर थारू समुदायलाई न्याय गरेको बताउनुभयो । “म आफैँ पनि टिकट वितरणमा थिएँ,” थारू बस्तीमा सम्बोधन गर्दै उहाँले भन्नुभयो – “कैलाली र कञ्चनपुरमा कति थारू उम्मेदवार हामीले दियौँ, स्पष्ट नै छ ।”
थारू समुदायलाई सम्बोधन गर्दै उहाँले नदी कटान नियन्त्रण, खानेपानी, रोजगारी लगायतका समस्या समाधानका लागि आफू तयार रहेको बताउनुभयो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष तारा लामा तामाङलाई पराजित गर्नुभएका नेता साउदले आसन्न निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका एमालेकै नेता नरबहादुर धामीसँग प्रतिस्पर्धा गरिरहनुभएको छ ।
स्थानीय तहको निर्वाचनमा काँग्रेसलगायत प्रमुख दलले थारू समुदायलाई उम्मेदवारीमा समेटे पनि यस पटक भने वाम गठबन्धनमा सोही समुदायलाई थोरै मात्र समेट्ने प्रयास भएको छ । वाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचन क्षेत्र नंं १ मा कुलवीर चौधरी र २ मा समानुपातिकबाट रामअवतार राना उम्मेदवार हुनुहुन्छ ।
वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नंं १ प्रदेश ख मा उम्मेदवार रहनुभएका एमाले नेता कुलवीर चौधरीले वाम गठबन्धनले सबै जातजाति, वर्ग समुदायलाई समेटेर उम्मेदवारी दिएको बताउनुभयो । उहाँले वाम गठबन्धनले थारू दलित समुदायलाई पनि उम्मेदवार बनाएको बताउँदै चुनावी घरदैलोमा जाँदै गर्दा मतदाताले सडक, सिंँचाइ, खानेपानी र रोजगारको माग गरेको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












