ओलीलाई जवाफ दिँदै आरजूले भनिन्, ‘अब डडेल्धुरामा पनि अर्को घर बनाएर राजनीति गर्छु’
कैलाली, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले डडेल्धुरामा अर्को घर बनाउने बताएकी छन् । कैलाली क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धामा रहेकी कांग्रेस नेतृ आरजुले डडेल्धुरामा पनि घर बनाउने बताएकी हुन् । ‘टुरिष्ट उम्मेदवार’ को आरोप लागेपछि धनगढीमा घर खरिद गरेकी आरजुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एकझोला पैसाले घर किनेको’ भन्दै आलोचना गरेका थिए ।
ओलीको आलोचनाको जवाफमा आरजूले अब डडेल्धुरामा पनि अर्को घर बनाउने र जमेर राजनीति गर्ने बताएकी हुन् । आरजूले भाडामा घर खाजेको तर चित्तबुझ्दो नपाएपछि होटेलमा बसेर चुनाव प्रचार गर्ने कुरा नभएको बताइन।कांग्रेस नेतृ आरजूले घर खरिदका लागि बैंकसँग ऋणको प्रक्रिया अघि बढिसकेको तर लेनदेन हुन बाँकी नै रहेको स्पष्टीकरण दिइन् ।
चुनाव हारिएको यो घर विक्री गर्ने की भन्ने प्रश्नमा देउवा पत्नी आरजूले भनिन्, ‘मेरा श्रीमानको घर डडेल्धुरामै छ । मेरो निर्वाचन क्षेत्र पनि अब यही हो । किन बिक्री गर्छु म यो घर ? अब त डडेल्धुरामा पनि अर्को घर बनाउँछु । म त लङटर्म राजनीति गर्ने हो । अब १५ वर्षको राजनीतिक करिअर म कसरी बिगार्न सक्छु ?’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











