युएईमा अष्टमी गुरुङको आत्महत्या प्रकरणः नेपाली दूतावासले कानूनी प्रक्रिया अघि बढायो
युएई, १४ मंसिर । युएईमा एक नेपाली महिलाको मृत्यु प्रकरणमा नेपाली दूतावासले कानूनी प्रक्रिया अघि बढाएको छ । आबुधाबीस्थित नेपाली दूतावासले कुटनैतिक ‘च्यानल’मार्फत कानूनी प्रक्रिया अघि बढाएको हो ।
आबुधाबीमा रहेको अरबियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गोरखा आरुघाट २ की अष्टमी गुरुङको शव कात्तिक १८ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको थियो । अष्टमीले आत्महत्या गर्नुको कारणबारे केही व्यक्तिलाई आरोप लगाउँदै रेकर्ड गरेको भिडियो भेटिएपछि घटनाबारे थप अनुसन्धान सुरु गरिएको हो ।
सुपरभाइजरले इज्जत लुटेपछि परिवार र साथीभाइका अगाडि लज्जित हुनुपरेकोले यो संसारबाट बिदा हुन लागेको भनेर आत्महत्या गर्नुअघि अष्टमीले आफ्नै मोवाइलमा भिडियो खिचेकी थिईन् । जुन भिडियो उनको शव नेपाल ल्याएर दाहसंस्कार गरेपछि उनका भाइले फेला पारेका थिए ।
मोवाइलमा भेटिएको भिडियो सार्वजनिक भएपछि अष्टमीले मृत्युपछि न्याय पाउनुपर्ने भन्दै धेरैले चासो देखाएका छन् । तर, स्थानीय प्रशासन र अस्पतालको रिपोर्टमा गुरुङले आत्महत्या गरेको उल्लेख छ ।
युएई तथा अन्य देशमा रहेका नेपाली संघसंस्थाले सामाजिक सन्जाल तथा सम्बन्धित निकाय मार्फत चासो देखाएका हुन् । एनआरएन युएई, जनप्रगतीशिल मञ्च, नेपाली समाज युएई, तमु समाज लगायत अन्य संघसंस्थाले आबुधाबीमा रहेको नेपाली दूतावासलाई घटनाबारे ध्यानाकर्षण गराएका छन् ।

मृतकले रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि दूतावासले अनुसन्धान प्रक्रिया समेत अघि बढाएको छ । गएको आइतबार साँझ सार्वजनिक भएको भिडियोबारे दूतावासले सोमबार बिहानै यहाँको स्थानीय प्रशासन तथा अन्य निकायमा अनुसन्धानका लागि प्रक्रिया सुरु गरेको हो ।
दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की, द्वितीय सचिव विष्णु अधिकारी र जनसम्पर्क अधिकृत (पिआरओ) इरफान आलमले आबुधाबीको प्रहरी हेडक्वाटर पुगेर सार्वजनिक भएको भिडियोबारे जानकारी गराएका थिए । प्रशासनले घटनाबारे प्रक्रिया सुरु गर्ने जनाएको छ । प्रशासनकै अनुरोधमा दूतावासले त्यसै दिननै युएईको परराष्ट्र मन्त्रालयमा समेत पत्र लेख्दै घटनाबारे जानकारी गराएको छ ।
भिडियो सार्वजनिक भए लगत्तै दूतावासका अर्का पिआरओ रजी अहमदलाई दूतावासले कम्पनीमा पठाएको थियो । नेपाली चेली अष्टमी गुरुङलाई बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई तत्काल युएई छाड्ने अनुमति नदिन कम्पनीलाई सचेत गरिएको छ । त्यस्तै, आरोपितलाई युएई छोडेर जान नमिल्ने गरी सबै अध्यागमनमा रोक लगाइदिन पनि सम्बन्धित निकायमा पत्राचर गरिएको दूतावासले जनाएको छ ।
नेपालबाट पनि मृतकका परिवारले कन्सुलर विभागमा निवेदन दिने र भेटिएको भिडियोलाई अरबिक भाषामा अनुवादन गरेर युएई पठाउन दूतावासले अनुरोध गरेको छ । घटनाबारे अनुसन्धान गर्न आवश्य पर्ने प्रमाण जुटाउन दूतावासले समन्वय गरिरहेको प्रवक्ता एवं द्वितीय सचित कृष्ण अर्यालले जानकारी दिए ।
अष्टमी गुरुङले आत्महत्या गर्नुको कारण एक बंगलादेशी नागरिक भएको भन्दै सामाजिक सञ्जालहरुमा नेपाली नागरिकहरुले आक्रोश पोखेका छन् । गुरुङलाई बलत्कार गर्ने भनिएकाको फोटो सामाजिक सञ्जालहरुमा राखेर गाली गरिएको छ । अष्टमी कार्यरत कम्पनीका सुपरभाइजर सिमजोन काजी नाम गरेका व्यक्तिलाई हत्याराको आरोप लगाएर सञ्जालमा टीकाटिप्प्णी गरिएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












