बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
बाँके, १५ मंसिर । निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भन्नुभयो, “तीन पर्चा मतपत्र पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन् ।”
“विभिन्न दलका नेता–कार्यकर्ता आउँछन्, आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन् तर कसरी भोट हाल्ने कोही सिकाउँदैनन्”, उहाँको गुनासो थियो। सो क्षेत्रमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट समेत केही नआएको पनि केवटले जानकारी दिनुभयो ।
मुलुकमा पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा मंसिर २१ गते हँुदैछ तर अझै कतिपय मतदाताले भने मतपत्रको सङ्ख्या र मतपत्रमा कति छाप लगाउनुपर्छ भन्ने जानकारीसम्म पाउन सकेका छैनन् । सम्बन्धित निकायले यस बारेमा प्रभावकारी कार्यक्रम गर्न नसकेको मतदाताको गुनासो छ ।
नेपालगन्ज बिपी चोकका दिनेश ज्ञवालीलाई पनि मतपत्र र मतदान सम्बन्धमा खासै जानकारी छैन् । उहाँले भन्नुभयो, “मतदान प्रक्रियाका बारेमा सिकाउन कोही आएकै छैन्, आफँै कसरी थाहा पाउनु ।” उपमहानगरपालिका–८ का मतदाता राजु केवटले पनि मतदान गर्ने सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले उम्मेदवारप्रति आक्रोश पोख्दै भन्नुभयो, “जसलाई भोट हाले पनि सबै जितेपछि काठमाडौँ जान्छन्, पैसा कमाउँछन्, हाम्रा समस्या केही बुझ्दैनन्, यसपालि त भोट हाल्ने मन पनि लागेको छैन् ।”
खानेपानी, शिक्षा, रोजगारी, बाटो, भौतिक पूर्वाधार विकास, विद्युत्, सार्वजनिक शौचालय आदि यस क्षेत्रका मतदाताको मुख्य माग हुन् । नेपालगन्ज बाँकेको मात्र होइन मध्यपश्चिमकै प्रमुख शहर हो । यो उपमहानगरपालिका र सँगैको डुडुवा गाउँपालिका मिलाएर बाँकेको निर्वाचन क्षेत्र नं २ बनाइएको छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद, वाम गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रा र संघीय समाजवादी फोरम नेपालका इस्तियाग राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
सबै उम्मेदवार यस क्षेत्रमा शहरी पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन् । उम्मेदवारले नेपालगन्जलाई प्रदेश नं ५ को राजधानी बनाउने, सुविधासम्पन्न शहरका रुपमा विकास गर्ने, पर्यटन र उद्योगको हब बनाउने, नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लगायतका वाचा गर्दै भोट माग्ने गरेका छन् । यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा यस उपमहानगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो ।
निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा पहिलो निर्वाचित हुने प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीका जम्मा तीन मतपत्रमा चार छाप लगाउनुपर्छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भन्नुभयो, “ यस निर्वाचनमा हरियो, कालो र रातो मतपत्रमध्ये हरियो प्रतिनिधिसभाको हो भने कालो प्रदेशसभाको हो । दुवै मतपत्रमा एक-एक स्वस्तिक छाप लगाउनुपर्छ । रातो मतपत्रमा समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई मतपत्र एक पानामा छन् त्यसमा माथि प्रतिनिधिसभाका लागि र तल प्रदेशसभाका लागि छुट्टाछुट्टै दुई छाप लगाउनुपर्छ । ”
नेपालगन्ज–१६ की हामिदा अन्सारीले मतदान प्रक्रियाका बारेमा आफू जानकार भए पनि अशिक्षित र पिछडिएको समुदायमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताउनुभयो । सोही क्षेत्रका ७२ वर्षीय गफ्फार खाँले निर्वाचनमा जितिसकेपछि गरिबलाई कुनै पनि उम्मेदवारले नहेर्ने गरेको गुनासो पनि गर्नुभयो । दशकौँदेखि आफूलगायत धेरै परिवारले यस क्षेत्रमा बसोबास गरे पनि हालसम्म लालपुर्जा नपाएको उहाँको भनाइ थियो ।
बाँकेस्थित क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले भने आयोगबाट खटिएका स्वयंसेवीले प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा दिइरहेको बताउनुभयो । उहाँका अनुसार यस जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र कायम गरिएको छ । यसअघिका निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको बाँकेमा हाल तीन निर्वाचन र कूल मतदाताको सङ्ख्या दुई लाख ७६ हजार ७१८ छ । क्षेत्र नं १ मा ९८ हजार ३२०, क्षेत्र नं २ मा ८२ हजार ९४९ र क्षेत्र नं ३ मा ९५ हजार ४४९ मतदाता रहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका कोहलपुर र ६ गाउँपालिका गरी आठ स्थानीय तह छन् । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











