ललितपुर विकासका लागि सुशिला पुन
ललितपुर, १५ मंसिर । लाल कुमारी पुन ‘सुशिला’ एक देशभक्त लगनशील, क्रान्तिकारी, प्रखर वक्ता तथा कुशल नेता हुनुन्छ । उहाँ रोल्पा जिल्लाको माडीचौर जस्तो विकट ठाउँमा वि.सं.२०३५ सालमा जन्मनुभएको हो । उहाँले आफ्नो राजनीति यात्रा वि.सं. २०४८ सालमा गा.वि.स. स्तरिय कमिटीमा तत्कालीन ने.क.पा.(एकताकेन्द्र) मा आवद्धताबाट थालनी गर्नुभयो ।
स्नातक सम्मको अध्ययन गर्नुभएका पुन २०५६ सालमा ने.क.पा. (माओवादी ) को पूर्णकालीन सदस्य बन्नुभयो । २०५७ सालमा पार्टीको इलाका सदस्य, २०५८ सालमा जनमुक्ति सेना नेपाल मध्यपश्चिमाञ्चल ब्युरो कार्यालयको प्रकाशन बिभागको सदस्य, २०५९ सालमा पि.एल.ए. को प्लाटुन कमाण्डर भएर काम गर्नुभयो । देशका विभिन्न जिल्लाका युद्धमोर्चाहरुमा (गाम, अछाम, अर्घाखाँची, पिली, खलंगा, दाङ, भालुवाङलगायत मोर्चाहरु) प्रत्यक्ष सहभागीतामा राजनीतिक यात्राको क्रममा फौजी जीवन बिताउनुभयो ।
२०६४ सालबाट निरन्तर ललितपुर जिल्लालाई राजनीतिक कर्मथलो बनाई क्रियाशिल रहनुभएको छ । ललितपुर जिल्लाको पार्टी कोषाध्यक्ष र पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यको भूमिका निर्वाह गर्दै निरन्तर जनताको सेवा गर्दै आउनुभएको छ ।
जनताको मन मस्तिष्कमा रहन सफल जनताको छोरी २०७४ साल मंसीर २१ गते हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ ‘क’ मा वाम गठबन्धनको तर्फबाट प्रदेशसभा उम्मेदवार हुनुहन्छ । उहाँको के कस्ता प्रतिवद्धताहरु छन् । किन लाल कुमारी ‘सुशिला’ लाई जिताउनुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर कुराकानी गर्दा पुन अगाडी भन्नुहुन्छ:
‘देशलाई स्थायी र जनताको सरकार निर्माण गरी मुलुकलाई सही बाटोमा डोर्याउँदै जनचाहना बमोजिम विकसित र समुन्नत राष्ट्र बनाउने महान उद्देश्य सहित वाम गठवन्धन भएको हो । हामीले घोषणापत्रबाट पनि प्रतिवद्धता जारी गरेका छौं । मैले विशेष रुपमा भन्नुपर्दा ललितपुर क्षेत्र नम्बर १ को समृद्धि र विकासको लागि काम गर्नेछु ।’
जसमा,
कला, संस्कृति र सम्पदाको संरक्षणको गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ । सडक तथा यातायात, स्वास्थ्य, युवा खेलकुद तथा मनोरञ्जन, महिला तथा वालवालिका, ज्येष्ठ नागरिक, उद्योग तथा व्यवसाय, पर्यटन, कृषि जस्ता क्षेत्रमा काम गरी ललितपुर क्षेत्र नम्बर १ लाई समृद्धि र विकसित जिल्ला बनाउने सपना देखेको छु ।’
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












