भोट माग्दै दलहरु घरदैलोमा, मतदाताले पुरानै कुरा उठाउँदा उम्मेदवारहरु समस्यामा
सल्यान, १५ मंसिर । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरु यतिबेला मत माग्दै घरदैलो भेटघाटमा व्यस्त छन् । पाँच वर्षभित्र जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गर्ने प्रतिवद्धतासहित दलहरु घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
वाम गठबन्धनले सार्वजनिक गरिएको घोषणापत्रमा पाँच वर्षमा १० स्थानीय तहका ८३ वडामा सडक कालोपत्रे गर्ने, स्थानीय बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने र जिल्लाका विभिन्न गाविसलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने उल्लेख छ । त्यस्तै नेपाली काँग्रेसले घरदैलो अभियानमा जाँदा वैदेशिक रोजगारीमा गएका युवालाई जिल्लामै स्वरोजगार बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली काँग्रेसले फ्रि वाइफाइ, पर्यटकीयस्थलको विकास र सडक सञ्जालजस्ता विकास निर्माणको प्राथमिकतासहित घरदैलो अभियानमा जुटेको छ ।
जिल्लामा प्रदेश ख बाट मात्र उम्मेदवारी दिएको राप्रपा अरुभन्दा फरक प्रतिबद्धताका साथ घरदैलोमा जुटेको छ । जिल्लामा हालसम्म पनि प्राविधिक शिक्षालय नभएकाले राप्रपा जितेमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
हाम्रो नयाँ माग छैन पुरानै प्रतिबद्धता पूरा गरे पुग्छ
आआफ्ना प्रतिबद्धता लिएर मतदातासामु पुगेका दललाई जिल्लाका मतदाताले कुनै नयाँ माग राखेका छ्रैनन् । पहिलेका निर्वाचनमा राखेका प्रतिबद्धतालाई पूरा गर्ने हो भने जिल्ला आफैँ समृद्ध हुने उनीहरुको भनाइ छ । निर्वाचनका बेला विभिन्न नयाँ नयाँ प्रतिबद्धता लिएर जाने नेतालाई आफ्नो क्षेत्रको विकास गर्ने हो भने पहिलेकै प्रतिबद्धता पूरा गरे पुग्ने वनगाड कुपिण्डे नगरपालिकाका दुर्गा विसीले बताउनुभयो । “जनतालाई सडक, खानेपानी, बिजुली र रोजगारी चाहिएको छ, यति पूरा गरे हाम्रो नगरपालिका समृद्ध बन्छ, हामीले यही माग नेतासँग राखेका छौँ ।” दुर्गा विसीले भन्नुभयो ।
कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका बासिन्दाको माग पनि नयाँ छैन आफ्नो वडामा खानेपानीको चरम संकट भएकाले खानेपानी आयोजना निर्माण तथा सडकको स्तरोन्नति गरिदिन नेतासँग माग राखेको कालीमाटी गाउँपालिका–१ का अम्मरबहादुर भण्डारीले बताउनुभयो । “यहाँका स्थानीयले नदी र खोलाको फोहर पानी खाइरहेका छन्, सडकसँग मान्छेको दैनिकी जोडिएको छ, ठूलाठूला प्रतिबद्धता गर्नुभन्दा आधारभूत कुरा पूरा गर्नुस् भनेका छौँ ।” भण्डारीले भन्नुभयो ।
स्थानीय तहको सीमांकनको क्रममा छत्रेश्वरी गाउँपालिकाको केन्द्रको विषयलाई लिएर रुष्ट भएका छत्रेश्वरी–१ दमाचौरका मतदाताको माग पनि नयाँ छैन । जितेकाले आफूहरुलाई पायक पर्ने स्थान लेखपोखरामा सार्न सहयोग गर्नुपर्ने माग उनीहरुको छ । “दलहरुले धेरै राम्रा प्रतिबद्धता लिएर हामीकहाँ आए उनीहरुको कुरा पनि सुन्याँे तर हाम्रो समस्या भनेको अहिलेको गाउँपालिकाको केन्द्र अहिलेको सदरमुकामभन्दा पनि टाढा छ, यसलाई पायक पर्ने स्थानमा सार्न सहयोग गर्नुप¥यो ।” छत्रेश्वरी–१ का नवीन चन्दले भन्नुभयो ।
माओवादी केन्द्र र बागीको दोहोरी
निर्वाचनको मिति नजिकिँदै गर्दा माओवादी केन्द्र र बागी उम्मेदवारबीच कारबाहीको दोहोरी चल्न थालेको छ । वाम गठबन्धनले गरेको सिट बाँडफाडका क्रममा सल्यानलाई अन्याय परेको भन्दै माओवादी केन्द्र सल्यानले आधिकारिक उम्मेदवार भन्दै बागी उम्मेदवारी दर्तासँगै चुलिएको विवाद पार्टीमा एक अर्कालाई कारबाहीको सिफारिससम्म पुगेको छ ।
गएको मंसिर अगाडि माओवादी केन्द्र सल्यानको सचिवालय बैठक बसेको भन्दै वर्तमान माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीलाई जिम्मेवारीबाट मुक्त गर्दै दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीलाई संयोजकको जिम्मेवारी तोकेको थियो । तर त्यसको दुई दिनपछि मंसिर १३ गते माओवादी केन्द्र सल्यानको पूर्ण बैठकले बिना विभागीयमन्त्री टेकबहादुर बस्नेतसहित पाँच जनलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाहीका लागि सिफारिस गरेको छ ।
बैठकले माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नेवबहादुर कवर, कृतिबहादुर पुन, रमेश मल्ल र रत्नबहादुर ओलीलाई समेत हँदैसम्मको कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गरेको माओवादी केन्द्र सल्यानका संयोजक कर्णबहादुर बुढाथोकीले बताउनुभयो ।
कार्यकर्तालाई बुझ्नै गाह्रो
माओवादी केन्द्र सल्यानको निर्णयअनुसार आफूहरुले उम्मेदवारी दिएको भन्दै पार्टीको झण्डा बोकेर घरदैलोमा बागी उम्मेदवार हिँडेपछि आधिकारिक उम्मेदवार को भन्ने विषयमा अन्यौलता छाएको छ । आफूहरु पार्टीको आधिकारिक उम्मेदवार भएकाले पार्टीको झण्डा बोक्नु ठूलो नभएको माओवादी केन्द्र सल्यानका संयोजक कर्णबहादुर बुढाथोकीले बताउनुहुन्छ । “हामीले प्रत्यक्ष निर्वाचनका लागि आआफ्नो चुनाव चिह्नमा मत मागेका छौ बुढाथोकीले भन्नुभयो ।”
वाम गठबन्धको तर्फबाट माओवादी केन्द्रबाट उम्मदवारी दिएका बिना विभागीयमन्त्री टेकबहादुर बस्नेतले भने बागी उम्मदवारले पार्टीको झण्डा बोकेर मत माग्न गएको कहिलै नदेखेको बताउनुहुन्छ । “बागी उम्मदवारी दिने पार्टीको झण्डा बोक्ने के यो सुहाउने कुरा हो, उहाँहरुलाई कार्यकर्तालाई भ्रममा पार्ने अधिकार कसले दियो र बस्नेतको प्रश्न छ । वाम गठबन्धनबाट प्रतिनिनिधसभा सदस्यका लागि माओवादी केन्द्रका टेकबहादुर बस्नेत र प्रदेशसभा सदस्य क बाट एमालेका गुलाव जंग शाह र प्रदेश ख बाट प्रकाश ज्वालाले उम्मेदवारी दिनुभएको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











