सिचाईमन्त्री गौतमले कांग्रेस प्रवेश नगरेको भन्दै एक महिलाको जागिर खोसे
बर्दिया, १५ मंसिर । यतिबेला देश निर्वाचनमय बनिरहेको छ । राजनीतिक दलहरुले देखि आम नागरिक समेत निर्वाचन केन्द्रीत भईरहेका छन् । उम्मेदवार तथा राजनीतिक दलहरु चुनावी अभियानमा व्यवस्त छन् । आम नागरिक तथा मतदाता पनि उनीहरुले विगतमा गरेका बाँचाको हिसाब किताव खोजिरहेका छन् । जनतालाई भोट माग्दै विभिन्न आश्वासन तथा विकासका कुराहरु गरिरहेका छन् ।
बर्दियामा पनि कार्यवाहक मन्त्री देखि विभिन्न राजनीतिक दलका नेताहरु उम्मेदवार बनेका छन् । त्यस्तैमा विकास र रोजगारीको मुख्य चुनावी नारा बनाएका सिचाई मन्त्री एवं बर्दियाबाट प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार संजय गौतम पनि एक हुन् । सिचाई मन्त्री समेत रहेका गौमत यतिबेला एउटा विवादमा परेका छन् । एक महिलाले उनीमाथि आफ्नो रोजगारी खोसिदिएको आरोप लगाएकी छन् ।
बबई सिचाई आयोजनाको कार्यालय धधवार बैदीमा कार्यरत बारबर्दिया नगरपालिका वडा नम्बर ८ दुधा बस्ने भगवती गौतमले सिचाई मन्त्री एवं प्रतिनीधि सभाका उम्मेदवार संजय गौतमले आफ्नो रोजगारी खोसेको आरोप लगाएकी हुन् ।
सुकुम्बासी बस्तीमा बस्ने भगवतीका श्रीमानले अर्कै श्रीमती लगेर लामो समय देखि कान्छी श्रीमतीसँग बस्दै आएका छन् । २ वटा छोरा र सासु आमा पाल्दै आएकी भगवती आफु आर्थिक अभावका कारण छोरा पढाउन र सासु आमा पाल्न धौ धौ भएको बताएकी छन् । उनले भनिन् – ‘छोरा कमाउने भएका छैनन् बुढाले नहेरेको १५ बर्ष बित्यो । यस्तो अवस्थामा काँग्रेसीहरुले मलाई रोजगारीबाट निकाले ।’
नेपाली काँग्रेस प्रवेश गर्न दवाव दिएपनि आँफु उक्त पार्टीमा प्रवेश नगरेपछि भएको रोजगारी खोसिएको उनले दावी गरेकी छन् । ‘साँझ विहानको छाक मात्र होईन अब छोराको पढाई र सासु आमाको औषधि उपचार गर्ने जोहो कहाँ गर्ने होला’ भन्दै आँसु पुछ्दै भगवतीले भनिन् –‘सबैलाई रोजगारी दिन्छु भन्दै सिचाई मन्त्री एवं प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार संजय गौतम गाउँ गाउँ हिडेका छन् । मेरो भएको जागिर त खोसियो अरुलाई कसरी जागिर देलान र ?’
महिलाको रोजगारी खोसिएको विषयमा आयोजना प्रमुख रमेश बन्धु अर्यालसँग कुरा गर्दा दैनिक ज्याला मजदुरीमा काममा लगाएको भन्दै काम सकिएकोले निकालिएको बताएका छन् । आयोजना प्रमुखले यसो बताएको भएता पनि भगवती गौतमलाई हटाएर नेपाली काँग्रेसकी निरु देवकोटालाई राखिएको जनाईएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












