आमा अझै त्रिशूलीमा बेपत्ता, १० महिने छोरा काखबाट छुटेर अस्पतालमा छट्पटाउँदै
चितवन, १५ मंसिर । बुधबार चुम्लिङटारमा बस त्रिशुलीमा खस्दा ८ जनाको ज्यान गयो । दुर्घटनामा एउटा १० महिने बालक भने संयोगले बाँचेका छन् । आमा अझै बेपत्ता रहेका बेला ती बालक यतिबेला भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत छन् । बस सडकबाट लगभग डेढ सय मिटर तल खसेको थियो । ती शिशु नदी किनारमा रुँदै गरेका भेटिएका थिए ।
ती शिशु को थिए ? धेरैले चासो लिए । आफन्तहरु खोज्दै आएपछि ती बालक काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्क जान बसमा आमासँगै आएको पत्ता लाग्यो । तर बुधबार र बिहिबार दिनभर खोज तलास गर्दा पनि आमाको अवस्था थाहा हुन सकेको छैन ।
बस दुर्घटना हुँदा आमाको काखबाट फुत्केर नदीको खोँचमा पुगे पनि सकुशल रहेका शिशु हुन् अर्घाखाँचीको सन्धीखर्क–३ बसपार्क घर भएका आर्यन थापा । उनी १० महिनाअघि जन्मेका हुन् । ‘जन्मदै खुट्टामा समस्या थियो । एक महिनाको भएपछि उपचार सुरु भएको हो । उसैको उपचारका लागि आमा मनिषा काठमाडौं गएकी थिइन् । घर फर्कदा यस्तो घटना भएछ’ बालककी ठुली आमा विष्णु थापाले भनिन्।
बालकको भरतपुरमा रहेको चितवनको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सघन उपचार कक्ष (आईसीयु) मा बालकको उपचार भइरहँदा उनलाई कुर्न अर्घाखाँचीदेखि आफन्तहरु भरतपुर आएका छन् । प्रहरीले आमाको दुई दिनसम्म खोजी गर्दा पनि केही पत्ता लगाउन सकेको छैन । बस भने त्रिशुली नदीभित्र लगभग २५ मिटर तल फेला परेको थियो ।
राम्रो अस्पत्तालमा उपचार गराउन काठमाडौं धाउँदा….
जिल्लामा राम्रो अस्पत्ताल नभएपछि छोराको उपचार गराउन काठमाडौं गएकी थिईन् । उपचार गराएर घर फर्किने क्रममा उनीहरु चढेको बस त्रिशूलीमा पस्यो । आफ्नो १० महिने छोरालाई बाहिर फालेर आमा मनिषा अझै बेपत्ता छिन् । ‘एक महिनासम्म काठमाण्डौंमा राखेर समेत उनले उपचार गराएकी हुन्,’ मनिषाकी जेठानी बिष्णु थापाले भनिन्, ‘यसपटक पनि बाबुकै चेकअपका लागि उनी काठमाडौं गएकी हुन् ।’
१० महिने शिशु आर्यनको हेरचाह गर्न ठूलीआमा र मनिषाका दाई गोपाल आर्चाय भरतपुर आएका छन् । गोपालले भने, ‘बाबु त ठीक छन् तर, आमाको अवस्था अझैसम्म थाहा हुन सकेन ।’ दूधे बालक आर्यन र उनकी आमा मनिषा अर्घाखाँची निवासी हुन् । आमाको काखमा लुटुपुटु गरेर हुर्किइरहेका यी दूधे बालक आमाको ममताबाट छुटेका छन् ।
श्रीमान वैदेशिक रोजगारीका लागि साउदीमा, श्रीमती अझै बेपत्ताः
मनिषाका श्रीमान अर्थात् घाइते शिशु आर्यनका बुबा सुन्दर थापा बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् । उनी छुट्टीमा नेपाल आएर सात महिनाअघि मात्रै साउदी फर्केका हुन् । कान्छो छोराको काठमाडौंमा उपचार गर्नका लागि सुन्दरले साउदीबाट खर्च पठाउँदै आएका थिए । उनको सात वर्षको अर्को छोरा पनि छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












