गोरखामा चुनाव सकिएपछि नारायणकाजी अस्पताल भर्ना, बाबुराम तराई झरे
काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ बिरामी भएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेददवार श्रेष्ठ चुनावी दौडधूपले बिरामी भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
गत ७ गते देखि नै बिरामी रहेका श्रेष्ठ पहिलो चरणको चुनावमा मतदान गरेसँगै ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना भएका छन् । चुनावी दौडधूपले निद्रा पनि पुगेको नपुगेको र ब्लड पनि कमी भएको बताइएको छ । गोरखा क्षेत्र नम्बर २ मा श्रेष्ठसँगै नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन् ।
भट्टराई भने चुनावी प्रचार प्रसारमा व्यस्त छन् । भट्टराई चुनावी अभियानका क्रममा राजधानी हुँदै मधेस झरेका छन् । दोस्रो चरणको निर्वाचनका लागि उनी मधेसका बिभिन्न जिल्लाको चुनावी कार्यक्रममा व्यस्त छन् । मधेशका विभिन्न जिल्लाको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले नयाँ शक्ति सँगै लोकतान्त्रिक गठवन्धनका अन्य पार्टीका लागि पनि मत माग्न पछि परेका छैनन् ।
बिहीबार झापा, मोरङ र सुनसरीको चुनावी कार्यक्रममा सहभागी भएका भट्टराई शुक्रबार सिराहा, सप्तरी र महोत्तरीको चुनावी प्रचार कार्यक्रममा सहभागी हुने नयाँ शक्ति पार्टीले जनाएको छ । त्यस्तै शनिबार सर्लाही, बारा, चितवन हुँदै नवलपरासीको चुनावी कार्यक्रममा सहभागी हुने भट्टराईको योजना छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












