जितको आशमा आरजु देउवा, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
धनगढी, १५ मंसिर । पार्टीको बलियो संगठन, यसअघि पार्टी उम्मेदवारको निरन्तरको जीतले आसन्न निर्वाचनमा पनि कैलाली–५ बाट काँग्रेस नेत्री डा. आरजु राणा देउवा निर्वाचन जित्नेमा ढुक्क देखिनुभएको छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ धनगढी क्षेत्रमा प्रधानमन्त्री पत्नी नै पहिलोपटक प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचनमा होमिएपछि प्रदेश नमबर ७ मै निकै उत्सुकतासाथ हेरिएको छ ।
यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विजयी हुनुभएको थियो । त्यसैगरी केही समयअघि सम्पन्न स्थानीय तह निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा काँग्रेस उम्मेदवारले मारेको विजयले डा राणालाई जितका लागि थप सहज हुने आंकलन गरिएको छ ।
विभिन्न गैरसरकारी निकायमार्फत धनगढीलगायत प्रदेश नंं ७ मा समाजिक एवं महिला सशक्तीकरणका क्षेत्रमा झण्डै दुई दशक काम गरिसक्नुभएकी डा. राणा आफूले निर्वाचन जिते समृद्ध धनगढी, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने, भूमिहीनको समस्या समाधान, उपमहानगरको ढल व्यवस्थापन, नदी कटान नियन्त्रण, स्वास्थ्य शिक्षालगायतको क्षेत्रको विकास गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहनुभएको छ ।
उहाँले मतदातासामु गौरीफन्टा नाकाको स्तरोन्नतिका साथै किसानको सहाजताका लागि यसै क्षेत्रमा मलखाद उद्योग स्थापनाका लागिसमेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धनगढीमा निजी निवास खरिद गरेर स्थानीयवासीसमेत हुनुभएकी डा. राणाले आफू तीन हजार मतान्तरले जित्ने दाबी गर्नुहुन्छ ।
आज बिहान उहाँकै निजी निवासमा सञ्चारकर्मीसँग गर्दै उहाँले विपक्षीले जस्तोसुकै अफवाह फैलाए पनि आफूलाई निर्वाचन जित्न कुनै चुनौती नरहेको धारणा व्यक्त गर्नुभयो । “ऋणमा घर खरिद गर्दा पनि विपक्षीले ठूलै मुद्दा बनाए” उहाँले भन्नुभयो, “विपक्षीसँग काँग्रेस विरोध गर्नसक्नै कुनै पनि एजेण्डा नै भएन, त्यसैले घरको मुद्दा उठाए ।” आफ्नो उम्मदेवारीले महिला मतदाता बढी उत्साही रहेको उहाँको भनाइ थियो ।
निराश छैनन् नारदमुनि
हेभीवेट उम्मेदवारका रुपमा हेरिएकी डा. राणालाई वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले कडा चुनौती दिइरहनुभएको छ । विसं २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपप्रमुखमा विजयी र २०६४ सालमा समानुपातिक सांसद् रहनुभएका रानालाई वाम गठबन्धनको दरिलो साथ रहेको छ । साथै, उहाँलाई जातिगत हिसाबले थारु समुदायको पनि साथ रहने वाम गठबन्धका नेताहरूको भनाइ छ । यद्यपि सो समुदायमा आफूहरूको पनि संगठन बलियो रहेको काँग्रेस नेताहरूको दाबी छ ।
धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नति, सघन सहरी विकास कार्यक्रमको कार्यन्वयन, धनगढीलाई शैक्षिक, सांस्कृतिक र व्यापारिक केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रको विकास, नदी नियन्त्रणलगायतका कार्यक्रमसहित राना चुनावी मैदानमा हुनुहन्छ ।
धनगढीलाई थारु समुदायको भाषा, साहित्य र संस्कृतिको अध्ययनको गन्तव्य बनाउने आश्वासनसहित उहाँका जातीय मत तान्ने राणनीतिमा समेत हुनुहुन्छ । वाम गठबन्धनका उम्मेदवार रानाले भन्नुभयो, म यहीँ जन्मे हुर्केको र सबैसँग घुलमिल रहेकाले चुनावी नतिजा मेरै पक्षमा आउनेछ ।” दुई बलिया गठबन्धनको चुनावी भिडन्त जबर्जस्त हुने आंकलन गरिएका बेला यसै क्षेत्रमा विवकेशील साझा पार्टीले अघि सारेका उम्मेदवार ओझिलो उम्मेदवार हुनुुहुन्छ ।
कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै विवेकशील साझा पार्टीबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका दिनेश भण्डारीलाई यहाँका प्रतिष्ठित व्यापारी गोपाल हमालको दरिलो साथ छ ।
गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका हमालले पाएको सम्मानजनक मत विवकेशील साझा पार्टीले आफ्नौ पक्षमा आउने दाबी गरेको छ ।
उक्त निर्वाचनमा दोस्रो स्थानमा मत ल्याउन सफल हुनुभएका हमाल हालै विवेकशील साझा पार्टीका ७ नम्बर प्रदेशको नेतृत्व सम्हाल्नुभएको छ ।
कूल ९१ हजार ८१८ मतदाता रहेको कैलाली–५ मा प्रतिनिधिसभामा आठजना उम्मेदवार रहनुभएको छ । यसै निर्वाचन क्षेत्रका विभिन्न पार्टीबाट दुई पदका लागि १६ जना उम्मेदवार चुनावी मैदान रहे पनि मुख्य प्रतिष्पर्धा भने वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ ।
पूर्वमन्त्री र काँग्रेसका पुराना नेताबीच कडा प्रतिष्पर्धा
पाँचवटा निर्वाचन क्षेत्र प्रतिनिधिसभा सदस्य र १० वटा प्रदेशसभा सदस्य रहेको कैलालीमा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वमन्त्री लेखराज भट्ट र काँग्रेस नेता सुनीलकुमार भण्डारीबीचको चुनावी भिडन्त कैलालीको अर्को चर्चाको विषय बनेको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











