रुपनगरमा जंगली हात्तीको आतंक
राजविराज, १७ मंसिर । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ ।
मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको जंगली हात्तीको समूहले आतंक मचाउँदा स्थानीयवासीबीच भागदौड भएको र बालीनालीमा क्षति गरेको स्थानीयवासी उत्तम आचार्यले जानकारी दिनुभयो । सो क्षेत्रमा केही दिनदेखि हात्ती आतंक बढेपनि स्थानीयवासी प्रशासन र आरक्षप्रशासन तथा सम्बन्धित निकायले ध्यान नदिएकोले सो क्षेत्रमा हात्ती आतंक बढेको स्थानीयवासीले आरोप लगाएका छन् ।
एक सातायता फेरि गाउँ पसेर हात्ती दैनिक आतंक मच्चाउँदै आएको कारण स्थानीयवासी त्रसित बन्नुको साथै रातिको समयमा जागराम भएर बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय राजकुमार पासवानले गुनासो गर्नुभयो ।
पटक / पटक जंगली हात्तीले जंगल क्षेत्रमा आतंक मच्चाउदै आएको र आफूहरु आरक्ष तथा सप्तरी प्रशासनमा सुरक्षाका लागि हारगुहार गर्दा समेत कुनै सुनुवाइ नभएको भन्दै पीडित आक्रोशित बनेका छन् । हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले आरक्षतर्फ लखेटेको थियो । करिब चार दिन अगाडि कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गर्दा कञ्चरुप नगरपालिका– २ स्थित बदगामाकी एक महिलाको मृत्यु भएको थियो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












