बादरमुढे घटनाका पीडित र प्रचण्डबीच तीन बुँदे सहमति, के छ सहमतिपत्रमा ?
चितवन, १७ मंसिर । चितवनको बादरमुढे घटनाका पीडित र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तीन बुँदे सहमति भएको छ । आईतबार चितवनमा माओवादी केन्द्रका अध्यक्ष र पीडितहरुबीच तीन बुँदे सहमति भएको हो ।
पीडित पक्षबाट अगाडि सारिएका माग सम्बोधन गर्न माओवादी तयार भएपछि सहमति भएको हो । सहमतिमा मृतकका अश्रित परिवारलाई रोजगार र उनीहरुका बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको उपचार गरिदिने तथा पीडितका परिवारका काम गर्न नसक्ने अवस्थाकालाई जिवन बृद्धि गर्ने र काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै घटनामा घाइतेहरुको उपचार गर्दा भएको खर्च दिने तर, त्यसका लागि पीडितका तर्फबाट ३ जना, माओवादीका तर्फबाट ३ जना र माडी नगरपलिकाका प्रतिनिधिसम्मिलित एक कमिटी बनाउने छ ।
सो समितिले तयार पारेको प्रतिवेदनका आधारमा यसअघि घाइतेहरुले उपचार गर्दा लागेको खर्च समेत माओवादीले व्यहोर्ने सहमति भएको छ । सहमतिमा पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरी न्युरेले हस्ताक्षर गरेका छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन् ।
यो सहमतिसँगै बादरमुढे घटनाका पीडितहरुले आज पहिलो पटक माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभासदस्य उम्मेदवार प्रचण्डलाई स्वागत गरेका छन् । माओवादी सशस्त्र युद्धरत रहेका वेला गत २०६२ साल जेठ २३ गते गुडिरहेको बस माओवादीको एम्बुसमा परी ३८ जनाले ज्यान गुमाएका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












