जातीय विभेद अन्त्य नभएकामा दलित समुदायको आक्रोश
कञ्चनपुुर, १७ मंसिर । कानूनी रुपमा दण्डनीय मानिए पनि कञ्चनपुरलगायत सुदूरपश्चिम क्षेत्रमा दलित समुदायमाथिको जातीय विभेद अन्त्य भएको छैन । दलित समुदायले छोएमा छोई छिटो हाल्ने र कथित उपल्लो जातका व्यक्तिका घरमा प्रवेश अझै दिने गरिएको छैन । “खानेपानीका धारा छुन पाइँदैन,” दलित अगुवा ईश्वर सुनारले भन्नुभयो – “कानूनमा जातीय विभेद गर्न नपाइने प्रावधान राखिए पनि व्यहारमा लागू नगरिँदा दोस्रो दर्जाका नागरिक भएर बाँच्नु परेको छ ।”
“चुनावमा दलित समुदायसामु जातीय विभेद अन्त्य गर्ने धेरै वाचा र आश्वासन दिइन्छ तर चुनाव सकिएर जितेपछि ती मुद्दालाई रछ्यानमा मिल्काइने गरिन्छ” उहाँले भन्नुभयो, “चुनावमा आश्वासन दिने जितेका उम्मेदवारले नै जातीय विभेदलाई बढावा दिएका हुन्छन् । यस्ता उम्मेदवारलाई कसरी मतदान गर्न सक्छौँ ।”
विसं २००७ देखि हाल नयाँ निर्माण भएको संविधानमा समेत जातीय विभेद अन्त्यका कुराले ठाउँ पाउँदै आएको छ । विभेदपूर्ण व्यवहारको अझै अन्त्य भएको छैन । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहार जातीय विभेद अन्त्य नहुनुमा दलितको मुद्दालाई चुनावमा सधैँ उठाई भोट बैंकका रुपमा प्रयोग हुनु नै हो भन्नुहुन्छ ।
कञ्चनपुरको कूल जनसंख्याको १४ प्रतिशतको हाराहारीमा रहेका दलित समुदायका ९० प्रतिशतसँग खान पुग्ने जमिन छैन । यसमध्ये १५ प्रतिशतसँग आफ्नो स्वामित्वको जग्गा नै छैन । “अझै पनि सहजरुपमा मन्दिर प्रवेश गर्न दिइँदैन,” रनसिंह सुनारले भन्नुभयो, “पुजारीले टाढैबाट पात वा अन्य वस्तुमा राखेर टाढैबाट प्रसाद दिने गरेका छन् ।” लिखितरुपमा जातीय छुवाछूतका घटना अन्त्य गर्नका लागि जग्गामा स्वामित्व, निर्णय तहमा पहुँच, रोजगारीको ग्यारेण्टी, स्वास्थ्य र शिक्षा सेवा निःशुल्क प्रदान गर्ने अठोट गर्ने उम्मेदवारलाई मतदानमा सघाउने उहाँ बताउनुहुन्छ ।
“जमिनमाथिको स्वामित्व नहुँदा नै धेरै दलित परिवारले विगतमा हलिया बसी दासत्वपूर्ण जीवन बिताउनु परेको तीतो यथार्थ बूढापाकाको हृदयमा अझै बसेकै छ,” अन्तराम ओडले भन्नुभयो, “बसेकै ठाउँमा जग्गाको स्वामित्व उपलब्ध गराउनका लागि कटिबद्ध, घरआवास नभएकालाई आवासको सुविधा दिने र सीपमूलक कार्यमा संलग्न गराउने उम्मेदवारलाई यसपटकको ऐतिहासिक निर्वाचनमा विजयी गराउने सपना छ ।”
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको प्रभावका कारण सार्वजनिक ठाउँमा हुने गरेको छुवाछूतका घटना हटेका वाम गठबन्धनका प्रदेशसभाका उम्मेदवार दीलबहादुर विक बताउनुहुन्छ । उहाँले भन्नुभयो – “धारा र घरभित्र छिर्न दिने बन्देज अझै छ । आधुनिक वैज्ञानिक युगमा पनि कुकुरलाई घरभित्र छिर्न दिन्छन्, तिहारमा पूजा गर्छन् तर दलितलाई कुकुरभन्दा तलको सम्झिइ अशुद्ध मान्ने गरिन्छ ।”
विद्यालयमा पढ्ने बालबालिकालाई समेत अलग्गै ठाउँमा बस्ने व्यवस्था गरेर विभेद गरेको पाइएको छ । यस्तो विभेदको जरैदेखि उखेल्नका लागि सक्षम र दलित समुदायका मुद्दालाई उठान गर्ने उम्मेदवारलाई यसपटकको चुनावमा विजयी गराउन आह्वान गर्ने उहाँ बताउनुहुन्छ ।
दलित समुदायले पुर्खादेखि अपनाउँदै आएको सीपलाई आधुनिकीकरण गरी छाड्दै गएको पुर्खेली पेशा सञ्चालन गर्न अनुदानको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग छ । दलित अगुवा गणेश विकले भन्नुभयो – “जबसम्म दलित समुदाय आर्थिकरुपमा सम्पन्न हुँदैनन् तबसम्म जातीय विभेद कायम रहने भएकाले विभेद अन्त्यका लागि प्रतिबद्ध उम्मेदवारलाई नै चुनावमा सघाउ पु¥याउने सामूहिक छलफलमा जुटेका छौँ ।”
धेरै पटक उम्मेदवार बनेर विजयी हुँदै आएकाहरुले दलित समुदायका लागि गतिलो कार्य केही गर्न नसकेको निष्कर्ष दलित अगुवाहरुले निकालेका छन् । यसपटक दलित समुदायका मुद्दालाई प्रमुख बनाएर अगाडि बढ्ने उम्मेदवारलाई सघाउने उनीहरुको सोच छ । कञ्चनपुरमा दुई हजार ५०० भन्दा बढी दलित समुदायको घरधुरी रहेको छ भने जनसंख्या ६० हजारको हाराहारीमा छ । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












