समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिनुपर्छ : महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा
काठमाडौँ, १८ मंसिर । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा संयुक्त लोकतान्त्रिक गठबन्धनले आज बालाजुमा आयोजना गरेको चुनावी सभामा मन्त्री थापाले देशमा राजनीतिक अस्थिरताको अन्त्य गरी जनतालाई आर्थिक पहुँच विस्तार गर्न विभिन्न योजना र दृष्टिकोण लोकतान्त्रिक शक्तिसँग भएको जिकिर गर्नुभयो ।
देशमा वैदिक सनातन हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्ने पार्टीको सिद्धान्तलाई कार्यान्वयन गर्न निर्वाचनमा जनताले सो गठबन्धनलाई जिताउन खाँचो रहेको उहाँले प्रस्ट पार्नुभयो । मन्त्री थापाले विभिन्न समयमा भएका परिवर्तनलाई संस्थागत गरी देशमा सामाजिक रुपान्तरणका लागि उक्त गठबन्धनलाई जनताले विश्वास गरी मतदान गर्नुपर्नेमा जोड दिनुभयो । उक्त क्षेत्रको ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उनीहरूले प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै सो रकम चाँडो उपलब्ध गराउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
प्रदेश १ का उम्मेदवार विजयबहादुर मालीले स्थानीय पूर्वाधार विकास तथा निर्माणमा तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाबीच समन्वय र सहयोगको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । प्रदेश २ का उम्मेदवार धर्मराज अर्यालले स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्मको सडक स्तरोन्नति, आठ माइल डाडागाउँको विकास गरी पर्यटन क्षेत्र विकास गर्नेलगायत कार्य प्राथमिकतामा रहेको प्रस्ट पार्नुभयो । माली र अर्याल दुवै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
काठमाडौँ महानगरपालिका–१६, १७, १८ र २५, तारकेश्वर नगरपालिका–३, ४ र ५ तथा नागार्जुन नगरपालिकाका–१, २ र ३ वडा यस क्षेत्रमा कायम गरिएको छ भने ५७ हजार ५८८ मतदाता छन् । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












