निर्वाचन सामग्री कपिलवस्तुमा गाउँ–गाउँ जाँदै
कपिलवस्तु, १८ मंसिर । मंसिर २१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री कपिलवस्तुमा आजदेखि धमाधम गाउँ–गाउँ पठाउन थालिएको छ । सदरमुकाम तौलिहवादेखि लामो दूरीमा रहेको र दुर्गम मानिने मतदानस्थलमा निर्वाचन सामग्री सुरक्षा घेरामा राखेर लैजाने काम भएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जानकारी दिनुभयो । सदरमुकाम तौलिहवाबाट सबैभन्दा टाढा दक्षिण–पश्चिममा विजयनगर गाउँपालिकाको मतदानस्थल पर्छ ।
त्यस्तै शुद्धोद्धन गाउँपालिका, कृष्णनगर नगरपालिका लगायतका स्थानमा निर्वाचन सामग्री पठाइएको छ । निर्वाचन अधिकारी घिमिरेले मतपेटिका, मतपत्र, परिचयपत्र, स्वस्तिक छाप लगायतका विभिन्न ६४ प्रकारका निर्वाचन सामग्री गाउँ–गाउँ पठाइएको उल्लेख गर्दै परिचयपत्र वितरणको काम मंगलबारदेखि नै शुरु गरिने बताउनुभयो । ६ नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा कूल तीन लाख ११ हजार ७६० मतदाता रहेका छन । तीमध्ये पुरुष एक लाख ६९ हजार ४६४ र महिला एक लाख ४२ हजार २९४ छन भने तेस्रोलिङ्गी दुईजना रहेका छन ।
यसमध्ये २५ हजार २१२ नयाँ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुले जनाएको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदान केन्द्र ४१० र मतदानस्थल २३३ रहेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १६ हजार ९३७, प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख दुई हजार ४२० र प्रतिनिधिसभा क्षेत्र नं ३ मा सबैभन्दा थोरै ९२ हजार ४०३ मतदाता रहेका छन् । तीन निर्वाचन क्षेत्रमा कूल ९६ वडा छन् ।
आज रातिबाट नाका बन्द हुँदै
कपिलवस्तुमा व्यावसायिक दृष्टिकोणले चालु अवस्थामा रहेका तीन नाका आज राति १२ बजेदेखि बन्द हुने भएका छन् । नेपाल–भारत सीमाको कृष्णनगर नाका, मर्यादपुर खुनुवा नाका र चाकरचौडा नाका बन्द हुन लागेको कपिवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । नाका बन्द भएपछि सामान्य आवतजावत भए पनि सवारीसाधन जाँच गरेर निगरानीमा मात्रै सञ्चालन हुनेछन् । निर्वाचनलाई लक्षित गरेर बन्द हुन लागेको नाका २१ गते निर्वाचन सम्पन्न भएपछि मात्रै सञ्चालनमा आउने प्रजिअ भुजेलले जानकारी दिनुभयो । “निर्वाचनमा आपराधिक गतिविधि नहुन भनेर नाका बन्द गरेका हौँ”, उहाँले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











