टुरिष्टको आरोपसँगै आरजूले धनगढीमा घर किन्दा राजेन्द्र महतोले जनकपुरमा घर किन्ने
जनकपुर, १८ मंसिर । राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले जनकपुरमा घर किन्ने घोषणा गरेका छन् । टुरिष्ट (बाहरिया) उम्मेदवारको आरोप लागेपछि धनुषा ३ का राजपा उम्मेदवार राजेन्द्र महतोले जनकपुरमा घर किन्ने घोषणा गरेका हुन् ।
आफू भाग्न नभई मधेस विरोधीलाई भगाउन आएको भन्दै उनले जनकपुरमा मधेस भवन बनाउने बताए । जनकपुरमा सोमबार पत्रकार सम्मेलन गरी मधेसी गठबन्धनका उम्मेदवार महतोले यो चुनावले (विमेलेन्द) निधिको शासन अन्त्य र विधिको शासन सुरुवात गर्ने दाबी गरे । आफ्ना प्रतिस्पर्धीले मतदातालाई डर धक्की दिन सुरु गरेको दाबी गर्दै उनले भने, ‘प्रशासनलाई पनि सचेत गराउँछु कि यहाँ निश्पक्ष चुनाव गराऊ । अलिकति तलमाथि भयो भने जनताले छाड्ने छैनन् ।’
मतको सुरक्षा गर्न आफू तयार रहेको भन्दै उनले निर्धक्क भएर मतदानमा आउन आहृवान गरे । कांग्रेस उम्मेदवार निधिलाई जेलमा रहेका सजंय शाहको समर्थनप्रति संकेत गर्दै उनले मधेसको राजधानी (जनकपुर) लाई अपराधिकरणतिर लैजाने खोजेको आरोप लगाए । उनले भने, अपराधमुक्त जनकपुर बनाउने अभियान हामीले सुरु गरेका छौं । कुनै पनि हालतमा जनकपुरलाई अपराधमुक्त बनाइन्छ ।’
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












