पक्षपात रहित भएर पुनःनिर्माणको काम गर्न निर्देशन
काठमाडौँ, १८ मंसिर । भूकम्प प्रभावित ३१ जिल्लामा जाने नवनियुक्त इञ्जिनियर तथा सव इञ्जिनियरले शपथ लिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट लिइएको परीक्षामा उत्तीर्ण भएकामध्ये पहिलो चरणमा ३७४ जना इञ्जिनियर र ३९१ सव इञ्जिनियरले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालबाट आइतबार शपथ लिनुभएको हो । ईश्वर र कुलदेवताको नाममा नवनियुक्त प्राविधिकलाई भुसालले शपथ गराउनुभयो ।
शपथ समारोहलाई सम्बोधन गर्दै उहाँले भूकम्प प्रभावित जनताको आँशु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्य क्षेत्रमा प्रभावकारी काम गर्न नवनियुक्त प्राविधिकलाई आग्रह गर्नुभयो । “सेवा भावले भूकम्प प्रभावित क्षेत्रमा अहोरात्र खटेर काम गर्नुस्, मानवीय सेवामा पक्षपात नगरी काम गरौँ, इञ्जिनियरको सुरक्षाका लागि बीमा गराउने र अन्य भौतिक सुरक्षाको जिम्मेवारी सरकारले गर्ने भएकाले ढुक्क भएर काम गर्नुस्” उहाँले भन्नुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्राधिकरणका कार्यकारी सदस्य डा हरिराम पराजुली, प्रवक्ता यमलाल भुसाल, शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख तपेन्द्रबहादुर खड्कालगायतले कार्य क्षेत्रमा जाने तयारीमा रहेका नवनियुक्त प्राविधिकलाई पुनःनिर्माणको जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्न आग्रह गर्नुभयो । भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटा स्थानीय तहमा परिचालन हुने प्राविधिकले प्रत्येक वडामा निजी आवास पुनःनिर्माणका लागि सहयोग गर्नेछन् । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












