बागलुङमा एघार स्वास्थ्य संस्थाका भवन बन्दै
बागलुङ, १९ मंसिर । यस वर्ष ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन् । बागलुङ नगरपालिका– १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र बाँकी नौ स्वास्थ्यचौकीका भवन बन्ने भएका हुन् । भीमगिठे, दगातुम्डाँडा, मालिका, पैयुँथन्थाप, भीमापोखरा, अर्गल, अमरभूमि, दर्लिङ र नारायणस्थानमा स्वास्थ्यचौकी भवन बन्नेछन् ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका अनुसार भवन निर्माणको काम अघि बढाइएको छ । प्राथमिक स्वास्थ्य अस्पताल न्यूनतम १५ श्ययाको बन्ने कार्यालय प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो र चालु आवमा गरी जिल्लाभर ३७ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने प्रक्रिया अघि बढेको छ ।
स्वास्थ्य मन्त्रालयअनुसार चालु आवमा बन्ने भवन शहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गत निर्माण हुनेछन् । भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ बन्ने भवन ‘एकीकृत डिजाइन’ का बन्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताउनुभयो । जिल्लाका सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गरेसँगै सोहीअनुसार पूर्वाधार निर्माणको कामले तीव्रता पाएको हो । “सबै स्वास्थ्यचौकीका नयाँ भवन बन्छन्, कतिपय निर्माणको अन्तिम चरणमा छन्”, प्रशासक तिवारीले भन्नुभयो ।
उहाँका अनुसार केही ठाउँमा जग्गा व्यवस्थापनमा भएको ढिलाइले निर्माण प्रभावित भएको छ । हटिया, सिगाना, लेखानी र बोङ्गादोभान स्वास्थ्यचौकीको भवन निर्माणको अन्तिम चरणमा पुगेको भवन डिभिजन कार्यालयले जनाएको छ । यस्तै अर्जेवा, हिल, बोवाङ, पाण्डवखानी, भकुण्डे, अमलाचौर, रायडाँडा र दमेक स्वास्थ्यचौकीको भवन निर्माणाधीन छ । ताराखोला, निसी, राजकुत र जलजला स्वास्थ्यचौकीको बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको जनाइएको छ ।
अमरभूमि, तित्याङ, छिस्ती, पाला र सुखौरामा सबै प्रक्रिया पूरा भई निर्माण शुरु हुने क्रममा रहेको कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले माग र आवश्यकतानुसार प्राथमिकतामा परेका स्वास्थ्य संस्थाका भवन बनाउन अनुमति दिने गरेको छ । पुराना र अस्थायी प्रकृतिका संरचनाबाट चलेका स्वास्थ्य संस्था आधुनिक र सुविधा सम्पन्न भवनबाट चल्ने वातावरण बन्दै गएको छ ।
भौतिक पूर्वाधारसँगै सेवाको गुणस्तर बढाउने काम पनि सँगसँगै गरिएको जनस्वास्थ्य प्रशासक तिवारीले बताउनुभयो । स्वास्थ्य संस्थाका भवनसँगै स्वास्थ्यकर्मीका लागि आवास गृह निर्माणको प्रक्रिया पनि अघि बढेको छ । कुश्मिसेरा र गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १२ परिवारका लागि आवास गृह बन्ने भएको छ । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











