मुगुमा ११ जनाको मृत्यु भएपछि मात्रै काठमाडौंबाट उच्च स्तरीय टोली पुग्यो
काठमाडौं, १९ मंसिर । भाइरल ज्वरो र झाडापखालाबाट ११ जनाको ज्यान गएपछि काठमाडौंबाट स्वास्थ्यकर्मीको टोली मुगु पुगेको छ । मुगुको खप्त्याड गाउँपालिकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुगमनका लागि उच्च स्तरीय टोलि पठाएको हो ।
भाइरल ज्वरोसंगै अन्य स्वास्थ्य समस्याका कारण ११ जनाको मृत्यु भएको खवर आएपछि रोग पत्ता लगाउन उच्च स्तरीय टोलि मुगु पठाइएको महाशाखाका निर्देशक डा. भिम आचार्यले जानकारी दिए ।
उनले भने, ‘काठमाण्डौंबाट अध्ययनका लागि टोलि परिचालन गरीएको छ । कात्तिक ५ गते देखि हाल सम्म मुगुमा बिभिन्न रोगको प्रकोप फैलिएपछि रोगको अवस्था र प्रकार बुझ्न केन्द्रबाट बिशेषज्ञ सहितको टोलि परिचालन गरेका छौ ।’
अध्ययन टोलीसंगै जिल्ला अस्पताल मुगुबाट थप एक चिकित्सक आवश्यक औषधिसहित प्रभावित खप्त्याड गाउँपालिका पठाइएको भन्दै उनले रोग छिट्टै नियन्त्राणमा आउने बताए । एक महिना अघि देखि खप्त्याड गाउँपालिकामा भाइरल ज्वरोको कारण ११ जनाको मृत्यु भएको भइसकेको छ भने १ सय ८१ जना बिरामी परेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












