मतदातालाई मतदानस्थलदेखि घर सम्म नै सुरक्षा प्रदान गरिने
विराटनगर, १९ मंसिर । जिल्ला प्रहरी कार्यालय मोरङले यही मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मोरङ जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । मतदातालाई निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न सबै मतदानस्थल तथा केन्द्रमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले राससलाई बताउनुभयो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा चारै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सीमा क्षेत्रमा विस्फोटक पदार्थ र हातहतियार जाँच गर्ने प्रशिक्षित कुकुरसहितको प्रहरी परिचालन गरिएको छ । नेपाल –भारत आवतजावत गर्ने मानिस एवं सवारी साधनमाथि विशेष निगरानी बढाएर जाँच र खानतलासीलाई तीव्र पारिएको छ । यस्तै विभिन्न ग्रामीण तथा शहरका शंकास्पद स्थानमा विशेष जाँच व्यवस्था गरिएको छ ।
यसैगरी सशस्त्र सीमा सुरक्षा बल मोरङले मतदाताको सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरेको छ । सशस्त्र प्रहरीले निर्वाचनस्थल र केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरीसंँग संयुक्त सुरक्षा गरिरहेको सीमा सुरक्षा बल मोरङका सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले राससलाई बताउनुभयो ।
सशस्त्र प्रहरीले नेपाल-भारतको ६३ किमी सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग एक हप्ता अगाडिदेखि संयुक्त रुपमा गस्ती गरिरहेको छ । मतदाता, उम्मेदवार, मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा दिनका लागि नेपाल प्रहरीलाई सहयोग पु¥याउन सशस्त्र प्रहरीका २१ कार्यालयबाट सशस्त्र प्रहरी परिचालन भएका छन् ।
सशस्त्र उपरीक्षक शाहले हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रण गर्न भारतीय सीमालगायत जिल्लाका विभिन्न स्थानमा आकस्मिक रुपमा सवारीसाधन तथा व्यक्तिलाई जाँच गर्ने गरेको बतउनुभयो । जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र म्यादी प्रहरी तीन हजार १५७ सहित करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











