डोनाल्ड ट्रम्पको ६ मुस्लिम राष्ट्रमाथि यात्रा प्रतिबन्धमा सर्वोच्च अदालतको समर्थन
एजेन्सी, १९ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्राभल ब्यानलाई अमेरिकी सर्वोच्च अदालतले समर्थन जनाएको छ । छ वटा मुस्लिम बाहुल्य रहेको देशमाथि यात्रा प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई समर्थन गर्दै अमेरिकी सर्वोच्च अदालतले त्यसलाई पूर्ण रुपमा लागु गर्न निर्देशन दिएको छ ।
तल्लो अदालतले यात्रा प्रतिबन्ध लागू गर्न रोक लगाएपछि ट्रम्प प्रशासनले गरेको आग्रहमा सर्वोच्च अदालतका नौमध्ये सात न्यायाधीशले स्वीकार गरेका हुन् । यद्यपि, चाड, इरान, लिबिया, सिरिया, सोमालिया र यमनमाथि लगाइएको यात्रा प्रतिबन्धसम्बन्धि निर्देशहरु अगाडी अझै पनि कानुनी चुनौतीहरु भने बाँकी नै रहेका छन् । जनवरीमा सत्ता सम्हालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धि विवादास्पद नीतिका तीन प्रारुप जारी गरेका थिए ।
तल्लो अदालतका न्यायाधीसहरुले ‘मुस्लिमहरुमाथि प्रतिबन्ध’ को संज्ञा दिँदै यात्रा प्रतिबन्धलाई खारेज गर्ने निर्णय दिएका थिए ।राष्ट्रपति ट्रम्पको आदेशमा उत्तर कोरिया र भेनेजुएलाका केही सरकारी अधिकारीमाथि प्रतिबन्ध सामेल छ । यस प्रतिबन्धहरुमा भने तल्लो अदालतबाट अनुमोदन पाइसकेको छ । यस मामिलामा यही हप्ता सान फ्रान्सिस्को र रिचमण्ड अदालतमा सुनवाई हुनेछ ।
यही वर्षको जुनमा सर्वोच्च अदालतले ट्रम्पको प्रतिबन्धसम्बन्धि आदेशको पहिलो प्रारुपमा आशिंक मन्जुरी दिएको थियो । उक्त प्रारुपमा रहेको सबै शरणार्थीहरुलाई १२० दिनसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने फैसलालाई स्वीकार गरिएको थियो ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












