घरदेखि मतदानस्थलसम्म मतदाताको सुरक्षा व्यवस्था
वीरगञ्ज, २० मंसिर । बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आह्वान गर्नुभएको छ ।
मतदाता हिँड्ने बाटोभरि नेपाली सेना तथा प्रहरीको मोबाइल गस्ती टोलीले गस्ती गर्ने भएकाले मतदाता सुरक्षित मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको विश्वास दिलाउँदै प्रजिअ सिंहले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्र्वक मतदान गर्न आग्रह गर्नुभएको छ ।
शान्तिपूर्ण निर्वाचन गराउनु नै हाम्रो कर्तव्य भएकाले पर्साको सबै मतदान केन्द्रमा आवश्यक हातहतियार र बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ । मतदान केन्द्रमा नेपाल प्रहरी, त्यसभन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको भन्दै प्रजिअ सिंहले रासससँग भन्नुभयो, “मतदानस्थल मतदातालाई कुनै प्रकारको असुरक्षा नहोस् भनेर सबै ठाउँमा सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखिएको बताउनुभयो ।
मतदानस्थल र वरिपरि कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन व्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थित बाक्लो बनाइएको भन्दै मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले मतदाता हिँड्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाता निर्धक्क भएर मतदान गर्नेछन् । निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न पर्सामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी तथा नेपाली सेना गरी करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
पर्सा जिल्लामा रहेको १६७ मतदानस्थलमध्ये ७३ वटा मतदानस्थल अतिसंवेदनशील भएकाले त्यस्ता मतदानस्थलमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सीमासँग जोडिएको कतिपय मतदानस्थलमा सुरक्षा चुनौती भए पनि त्यहाँ सुरक्षा व्यवस्था अति नै कडा पारिएकाले मतदाता सुरक्षित मतदान गर्ने वातावरण बनाइएको सुरक्षा अधिकारीको भनाइ छ ।
सीमावर्ती भारतसँग जोडिएको पर्सा जिल्लाको १०७ किमीमा पर्ने करिब दुई दर्जन सानोठूलो नाका भएकाले ती नाकाबाट आपराधिक प्रवृत्तिका व्यक्तिको प्रवेश हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी सो नाकामा भारतीय तथा नेपाली सुरक्षाकर्मीले विशेष निगरानी राखेको जनाइएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भोलि बिहीबार विहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानका लागि मतदानस्थल र मतदाता हिँड्ने बाटोभरि सुरक्षा व्यवस्था अति कडा पारिएकाले आफ्नो अमूल्य मत खसाल्न पर्साका मतदाता आतुर रहेका छन् । मतदाता भन्छन्, “स्थानीय प्रशासनले यति ठूलो सुरक्षा व्यवस्था गरेकाले हामीहरु निर्धक्क भएर भोलि आफ्नो मताधिकारको प्रयोग गर्नेछौँ ।” रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











