मन्त्रि सुनिल थापा जिताउन पैसा बाड्दै हिडेका एक जना १ लाख ८९ हजार रुपैयाँसहित पक्राउ

धनकुटा, २० मंसिर । धनकुटामा राप्रपा उम्मेदवार तथा मन्त्री सुनिल थापाले निर्वाचन आचारसंहिताको व्यापक उल्लघंन गरेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोलाकार घेराभित्र हलो चुनाव चिन्ह लिएर धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री थापाले आचारसंहिताको व्यापक उल्लंघन गरेका हुन् ।
धनकुटामा आफ्ना दिवंगत पिता सूर्यबहादुर थापाले बनाएको भन्ने दावी गर्दै पञ्चायत कालको चर्चित छिन्ताङ काण्डका नायक सूर्यबहादुर थापाको फोटो राखेर पोष्टर छपाई पिताको प्रताप स्वरुप आफुले धनकुटेली मतदाताहरुबाट मत पाऊने दावा गरिरहेका छन् । मन्त्रि थापाले विशेष गरि मौन अवधिमा निर्वाचन आचार संहिताको व्यापक उल्लंघन गरिरहेका हुन् ।
१ महिना भन्दा बढी समय देखि धनकुटाका ठूलठूला पाँचवटा होटल पुरै आफ्नो तर्फबाट बुक गरी चारै तिरका कार्यकर्ताहरु भेला जम्मा पार्दै भोज भतेरको आयोजना गरेको पाईएको छ । त्यस्तै मौन अवधिको फाईदा उठाउँदै मतदाताहरुलाई आर्थिक प्रभाव पार्न आफ्ना प्रतिनिधिहरु मार्फत करोडौ रुपैयाँ वितरण गरिरहेको पाईएको जनाईएको छ । मंसिर १९ गते साँझ एक होटलबाट गत स्थानीय निर्वाचनमा धनकुटा नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा पराजित राजकुमार राईलाई सुनिल बहादुर थापाको तर्फबाट गाँऊमा मतदाता खरिद गर्नको लागि १ लाख ८९ हजार रुपैयाँसहित पक्राऊ गरिएको छ ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयमा निर्वाचन कसूर तथा सजाय ऐन बमोजिम कारबाही गर्न उजुरीसहित बुझाइएकोमा स्थानीय प्रशासनको संरक्षणमा तत्काललाई रिहा गरिदिने सहमति भएको छ । बरामद गरिएको रकम भने मूख्य निर्वाचन अधिकृतको जिम्मा राखि आवश्यक प्रमाणहरुको खोजी गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेति र प्रहरी उपरिक्षक सुदिप राजभण्डारी समेतले पञ्चायतकालका सरकारी उम्मेद्धार जस्तो गरि मन्त्रिलाई जसरी पनि जिताउने अभियानमा लागेको वाम गठबन्धनले आरोप लगाएको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











