शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्रहरीका प्रवक्ता मनोज न्यौपाने
काठमाडौँ, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ । मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बस्नुभएको छ । कहीँकतै समस्या आए तत्काल प्रहरी पुग्छ । कुनै समस्या छैन ।”
कहीँकतै समस्या परे तत्काल शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरी हेलिकप्टर तम्तयार हालतमा राखिएको छ । निर्वाचन हुन लागेका जिल्लालाई हेर्ने गरी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत तम्तयार राखिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालित छन् । कहीँकतै समस्या आए र देखिए तत्काल सुरक्षा निकायमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले शान्ति सुरक्षामा समस्या आए पाँच मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुग्ने गरी विभिन्न स्थानमा सुरक्षाकर्मी व्यवस्थित तवरले परिचालन गरिएको जनाएको छ ।
शान्ति सुरक्षामा कुनै सम्झौता नगरिएको जानकारी दिँदै प्रहरी प्रवक्ता न्यौपानेले कुनै शंकास्पद वस्तु देखिए वा अवाञ्छित गतिविधिको सूचना प्राप्त भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका छन् । प्रहरीले बम भनी हल्ला गरिएका शंकास्पद वस्तु अधिकांश बम नभएको जनाएको छ ।
काठमाडौँको नैकापमा आज बिहान फेला परेको शंकास्पद वस्तु पनि पटका मात्रै रहेको उहाँले जानकारी दिनुभयो ।निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । यस्तै, निर्वाचन हुने जिल्लामा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












