सर्लाहीमा कांग्रेस र राजपाबीच झडप: एक महिला गम्भीर घाइते, प्रहरीद्धारा चार राउण्ड हवाइ फायर
सर्लाही, २१ मंसिर । सर्लाहीमा कांग्रेस र राजपाबीच झडप हुँदा एक महिलासहित तीन जना घाइते भएका छन् । कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप हुँदा तीन जना घाइते भएका हुन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुलाई रोक्न खोजेपछि विवाद भएको थियो । कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्तामाथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । कौडेना ३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । घटनास्थलबाट घाइतेहरुलाई प्रहरीले एम्बुलेसमा राखी अस्पताल पुर्याएको थियो ।
झडपपछि केहीबेर मतदान अवरुद्ध भएको थियो । अहिले मतदान जारीरहेको प्रजिअ कटुवालले जानकारी दिए । झडपपछि मतदानस्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप भएको मतदान केन्द्र कांग्रेसको पकड एरिया मानिन्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












