निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ : कार्टर सेन्टर
काठमाडौँ, २१ मंसिर । कार्टर सेन्टरले नेपालमा आज जारी दोस्रो चरणको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा ३४ देशका ६० भन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गरिरहेको जनाएको छ । थाईल्याण्ड पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री डा सुराकियार्त सथिरथाई तथा श्रीलंका र माल्दिभ्सका लागि पूर्व अमेरिकी राजदूत पिटर वर्लेले कार्टर सेन्टरको तर्फबाट निर्वाचन पर्यवेक्षक टोलीको नेतृत्व गर्नुभएको छ ।
सो टोलीले आज ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको विश्व शान्ति मतदान केन्द्रको निर्वाचन प्रक्रियाका बारेमा पर्यवेक्षक गरेको छ । निर्वाचन र मतदान प्रक्रिया कस्तो लाग्यो भन्ने राससको जिज्ञासामा थाईल्याण्डका उपप्रधानमन्त्री सथिरथाईले भन्नुभयो “अहिले हामी निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ, विस्तृत विवरण पछि भन्नेछौँ ।”
यसैगरी श्रीलंका र माल्दिभ्सका लागि पूर्व अमेरिकी राजदूत वर्लेले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने मात्र प्रतिक्रिया दिनुभयो । सेन्टरका उच्च प्रतिनिधिले सो स्थानमा पर्यवेक्षण गर्दा स्थानीय मतदाताले उत्साहपूर्ण मतदान गरिरहेका थिए । विनाशकारी भूकम्पले क्षति पु¥याएको ऐतिहासिक पाटन दरबारको कृष्ण मन्दिरको आँगनमा टेन्टमुनि निर्वाचन जारी रहेको थियो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












