एक सय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान
कञ्चनपुर, २१ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उहाँले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गर्नुभएको हो ।
उहाँका नाति जितबहादुर चौधरीले बोकेर उहाँलाई मतदान केन्द्रसम्म पु¥याई मतदान गराउनुभएको छ । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताउनुभयो । “देशमा शान्ति आउनुपर्छ गरिब जनतालाई हेर्ने उम्मेदवारलाई मतदान गरेको छु”, उहाँले भन्नुभयो, “कसैको दबाबमा नपरी मतदान गरेको छु ।”
उहाँ जस्तै १०५ वर्षको उमेरमा मतदान गर्न मतदान केन्द्रमा आइपुग्नुभएका तुलसीदेवी ऐरले विकास गरी देशलाई समृद्धिमा पु¥याउने उम्मेदवारलाई मतदान गरेको बताउनुभयो । शुक्लाफाँटा नगरपालिका–११ को सरस्वती माविमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।
उहाँका नाति वीरेन्द्र ऐरले बज्यैले अन्तिम पटक मतदान गरी देशलाई गति दिने उम्मेदवारलाई मतदान गर्छु भन्ने हठ गरेपछि मतदान केन्द्रमा मोटरसाइकलमा बोकेर ल्याई मतदान गराएको बताउनुभयो । सोही मतदान केन्द्रमा ११० वर्षीया जसुदेवी ऐरले समेत मतदान गर्नुभएको छ ।
मतदान गर्न आइपुग्नुभएका वृद्ध ऐरले वृद्ध भत्ता दोब्बर बनाउने अश्वासन दिएका उम्मेदवारलाई मतदान गरेको बताउनुभयो । उहाँका बुहारी बिष्नादेवी ऐरले मतदान गर्न धेरै कर गरेपछि उहाँलाई मतदान गराउन ल्याइएको बताउनुभयो ।
नगरपालिकाकै वडा नं १० मा रहेको श्रीकृष्ण माविमा रहेको मतदान केन्द्रमा दृष्टीविहीन ७० वर्षीय फक्का डगौराले समेत मतदान गर्नुभएको छ । उहाँलगायत तीनजना दृष्टीविहीनले मतदान गरेको मतदान अधिकृत हिक्मतराज जोशीले बताउनुभयो । सोही केन्द्रमा क्रियापुत्री नेत्रराज जोशीले समेत मतदान गर्नुभएको छ । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











