चुनावका बेला बिहे गर्दा दुलादुलहीलाई आईपर्यो यस्तो आपत्
काठमाडौं, २१ मंसिर । चुनावको बेला सडकमा गाडी नचल्दा सबैले सास्ति त पाएकै छन् । मतदान गर्न हिडेर जान नसक्नेहरु भोट हालनबाट बञ्चित भएका छन् । भने कसैले अर्काको सहारामा भोट हालेका छन् । सुरक्षालाई मध्यनजर गर्दै नेपालमा निर्वाचनको दिन सवारी साधन बन्द गराउने परिपार्टी रहेको छ ।
जसले गर्दा सबैले सास्ति खेप्नुपरेको छ । अत्यावश्यक सवारी बाहेक अन्य सवारी लगाउन रोक छ । सवारी साधन नचल्दा बिहेनै प्रभावित भएको छ । काठमाडौंको गुहेश्वरी मन्दिरमा विधिपूर्व बिहे गरेका ओखलढुङगाका २० वर्षीय निकबहादुर मगरले आफ्नो रहर भने पुरा गर्न पाएनन् । उनले आफ्नो बिहेमा जन्तीसहित गाडी लिएर बेहुली भित्र्याउने पहिलेदेखिकै रहर थियो। तर, चुनावले उनको योजना पुरा हुन सकेन् । अन्ततः आफै पनि हिडेरै गए ।
तामझामका साथ बिहे गर्ने सोचेका निकबहादुरले अन्ततः सामान्य तरिकाले दुलही आशा मगरलाई घर भित्र्याए । बिहे पछि उनले भने, ‘जन्ती र गाडीसहित दुलही भित्र्याउने सपना पूरा भएन।’ आर्थिक अभावले होइन। कारण थियो बिहिवार ४५ जिल्लामा भएको निर्वाचन।
‘सरकारले गाडी चल्न पाइँदैन भनेको थियो। त्यसैले बिवाहमा गाडी नल्याएको हो। नत्र मलाई पनि रहर थियो’ उनले भने। उनीहरुलाई विवाह जस्तो नौलो थियो, निर्वाचन पनि उस्तै। दुवैको भोटर लिष्टमा नाम पनि थियो। भोट हाल्ने रहर पनि नभएको होइन। ओखलढुङ्गामा नाम भएको र आजै विवाह भएकाले भोट हाल्न नपाएका दुवै जना दुखी थिए। मगर भन्छन्, ‘विवाहले गर्दा भोट हाल्ने अवसर गुमाए।’
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












