‘राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि भोट’

काठमाडौँ, २१ मंसिर । कीर्तिपुर–९ का ८२ वर्षिया प्रेममाया महर्जन खुसी हुँदै मतदान केन्द्रबाट बाहिरिनुभयो । “पहिलेभन्दा सजिलो लाग्यो, आफैँले भोट हाले मैले त” उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनमा नातीलाई मतदान गर्न लगाउनुभएको महर्जनले यसपटक आफैँ आफ्नो मत आफूलाई मन परेको उम्मेदवारलाई दिनुभयो । लाक्षीचोक मतदान केन्द्रमा मतदानपछि उहाँले भन्नुभयो “मेरो आर्शिवाद छ, मेरो भोट खेर नजाओस् ।”
किन सजिलो भयो त यसपटक भन्ने जिज्ञासामा उहाँले भन्नुभयो “भोट दिने कागज सानो रहेछ, चिन्ह पनि सजिलो देखिने । ”कीर्तिपुर मावि कीर्तिपुर मतदान केन्द्रमा मतदानपछि बाहिरिनुभएका मोहन श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता रहेको बताउनुहुन्छ । प्रतिनिधिसभा र प्रदेशसभामा कम चिह्न भएका कारण पनि सजिलो भएको उहाँको भनाइ छ ।
समानुपातिकतर्फको मतपत्रमा अशिक्षित मतदातालाई समस्या पर्न सक्ने देखिएपनि अरु मतपत्रमा भने कोही पनि नझुक्किएको उहाँ बताउनुहुन्छ । मतदान केन्द्रहरुमा मतदाताको उल्लेख्य सहभागिता छ । संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा लिइएको यसपटकको निर्वाचनमा धेरै मतदाताले चासोका साथ सहभागिता जनाएका छन् ।
एकै पटक प्रतिनिधिसभा र प्रदेशसभाको समेत निर्वाचन भएका कारण आफूले मत दिएका उम्मेदवारले जितुन् भन्ने चाहना मतदातामा देखिएको छ । “राजनीतिक स्थिरता हुन्छ, आर्थिक समृद्धि हुन्छ, नेपाली जनताले अब भने दुःखका दिन देख्नु र भोग्नु पर्दैन भन्ने थाहा पाएको छु हेरौ कस्तो हुन्छ,” कीर्तिपुर पाँगा दोबाटोमा रहेको विद्याश्रम मावि मतदान केन्द्रमा लाइनमा बस्नुभएका प्रेम कार्कीले भन्नुभयो, “उत्साहपूर्ण रुपले मतदान भइरहेको छ, देखिहाल्नुभयो, लाइन यति लामो छ ”
सोही मतदान केन्द्र बाहिर मतदातासँग भेटिनुभएका मजदुर किसान पार्टीका काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं १० का उम्मेदवार हरिकुमार महर्जन मतदातामा उल्लेख्य उत्साह आफूले पाएको बताउनुहुन्छ । “नयाँ तवरको निर्वाचन भएकाले पनि होला मतदाता उल्लेख्य रुपमा सहभागी भएका छन्, राम्रा एजेण्डा बोकेका उम्मेदवार विजयी हुन्छन् भन्ने मेरो विश्वास छ” उहाँले भन्नुभयो, “नेपालको संविधान कार्यान्वयन गर्न यो निर्वाचन महत्वपूर्ण छ ।”
वृद्धवृद्धादेखि अर्धवैशे उमेरका मतदातादेखि पहिलो पटक सहभागि मतदाता उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् । केही मतदाताले त राजनीतिक दलहरुबीच भएको गठबन्धनले समेत सहज बनाएको बताएका छन् । स्थानीय तहको निर्वाचनभन्दा मतदान गर्न सजिलो भएको कीर्तिपुर वैष्णवी मावि मतदान केन्द्रमा मत दिनुभएका प्रकाशसिंह महर्जनले बताउनुभयो । कीर्तिपुर नगरपालिका– ७ वडासदस्य उहाँले मतदाताको उत्साह देख्दा खुसी लागेको बताउनुभयो ।
काठमाडौँ क्षेत्र नं– ९ कलंकीका सुन्दर शर्माले भन्नुभयो, “हामी मतदाताले आफ्नो दायित्व पूरा गरेका छौँ । अब राजनीतिक दलले हामीप्रतिको दायित्व पूरा गरे मुलुक आर्थिक समृद्धिको शिखरमा चढ्न सक्छ । ”कीर्तिपुरका अर्का मतदाता धर्मेन्द्र बस्नेत विगतका निर्वाचनमा भन्दा सहजरुपमा मतदाता उत्साहित भएर मतदानमा सहभागी भएको बताउनुहुन्छ । “स्थानीय तहको निर्वाचनमा मतपत्र पनि ठूलो थियो, धेरैले मत दिन पनि असजिलो भएको गुनासो गरेका थिए । यस पटक सहज देखिएको छ”– उहाँले भन्नुभयो ।
ललितपुर जावलाखेल मतदान केन्द्रमा पहिलो पटक मतदान गर्न आउनुभएकी सीमा उपाध्याय आफ्नो अधिकार प्रयोग गर्न आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मलाई त असाध्यै खुसी लागेको छ । राजनीतिक स्थिरता होस् देशभित्रै रोजगारी पाइयोस् ।”
कीर्तिपुरमा भेटिनुभएका नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ क्षेत्र नं १० प्रदेश ‘क’ का उम्मेदवार दिलीप मर्हजन उत्साहपूर्ण तवरले मतदानमा सहभागी भएको र वाम गठबन्धनका पक्षमा उत्साह देखिएको बताउनुुहुन्छ । यो राजनीतिक स्थायित्वतर्फको यात्रामा जनताको सक्रिय सहभागिता भएको उहाँको भनाइ छ ।
निर्वाचन पर्यवेक्षणमा खटिनुभएका मानवअधिकारवादी नेता पद्यमरत्न तुलाधरले निर्वाचन शान्तिपूर्ण र मर्यादित भएकोमा खुसी व्यक्त गर्नुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “मतदाताको उल्लेख्य सहभागिता रहेको पाइएको छ । एकै वर्षमा तीन तीनवटा निर्वाचन भएपनि जनता सहजरुपमा सहभागी भएका छन् ।”
यस्तै निर्वाचन पर्यवेक्षणमा खटिनुभएका नागरिक समाजका अगुवा वीरेन्द्र मिश्रले मतदाताको उत्साह देख्दा आफूलाई असाध्यै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मतदाता निर्भयताका साथ मतदानमा सहभागी भएका छन् । ”राजधानीका विभिन्न मतदान केन्द्रमा मतदानका लागि लाइनमा लामबद्ध मतदाताले आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिएको बताए । उनीहरुले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि मत दिएको समेत प्रतिक्रिया दिएका छोन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











