‘राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि भोट’

काठमाडौँ, २१ मंसिर । कीर्तिपुर–९ का ८२ वर्षिया प्रेममाया महर्जन खुसी हुँदै मतदान केन्द्रबाट बाहिरिनुभयो । “पहिलेभन्दा सजिलो लाग्यो, आफैँले भोट हाले मैले त” उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनमा नातीलाई मतदान गर्न लगाउनुभएको महर्जनले यसपटक आफैँ आफ्नो मत आफूलाई मन परेको उम्मेदवारलाई दिनुभयो । लाक्षीचोक मतदान केन्द्रमा मतदानपछि उहाँले भन्नुभयो “मेरो आर्शिवाद छ, मेरो भोट खेर नजाओस् ।”
किन सजिलो भयो त यसपटक भन्ने जिज्ञासामा उहाँले भन्नुभयो “भोट दिने कागज सानो रहेछ, चिन्ह पनि सजिलो देखिने । ”कीर्तिपुर मावि कीर्तिपुर मतदान केन्द्रमा मतदानपछि बाहिरिनुभएका मोहन श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता रहेको बताउनुहुन्छ । प्रतिनिधिसभा र प्रदेशसभामा कम चिह्न भएका कारण पनि सजिलो भएको उहाँको भनाइ छ ।
समानुपातिकतर्फको मतपत्रमा अशिक्षित मतदातालाई समस्या पर्न सक्ने देखिएपनि अरु मतपत्रमा भने कोही पनि नझुक्किएको उहाँ बताउनुहुन्छ । मतदान केन्द्रहरुमा मतदाताको उल्लेख्य सहभागिता छ । संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा लिइएको यसपटकको निर्वाचनमा धेरै मतदाताले चासोका साथ सहभागिता जनाएका छन् ।
एकै पटक प्रतिनिधिसभा र प्रदेशसभाको समेत निर्वाचन भएका कारण आफूले मत दिएका उम्मेदवारले जितुन् भन्ने चाहना मतदातामा देखिएको छ । “राजनीतिक स्थिरता हुन्छ, आर्थिक समृद्धि हुन्छ, नेपाली जनताले अब भने दुःखका दिन देख्नु र भोग्नु पर्दैन भन्ने थाहा पाएको छु हेरौ कस्तो हुन्छ,” कीर्तिपुर पाँगा दोबाटोमा रहेको विद्याश्रम मावि मतदान केन्द्रमा लाइनमा बस्नुभएका प्रेम कार्कीले भन्नुभयो, “उत्साहपूर्ण रुपले मतदान भइरहेको छ, देखिहाल्नुभयो, लाइन यति लामो छ ”
सोही मतदान केन्द्र बाहिर मतदातासँग भेटिनुभएका मजदुर किसान पार्टीका काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं १० का उम्मेदवार हरिकुमार महर्जन मतदातामा उल्लेख्य उत्साह आफूले पाएको बताउनुहुन्छ । “नयाँ तवरको निर्वाचन भएकाले पनि होला मतदाता उल्लेख्य रुपमा सहभागी भएका छन्, राम्रा एजेण्डा बोकेका उम्मेदवार विजयी हुन्छन् भन्ने मेरो विश्वास छ” उहाँले भन्नुभयो, “नेपालको संविधान कार्यान्वयन गर्न यो निर्वाचन महत्वपूर्ण छ ।”
वृद्धवृद्धादेखि अर्धवैशे उमेरका मतदातादेखि पहिलो पटक सहभागि मतदाता उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् । केही मतदाताले त राजनीतिक दलहरुबीच भएको गठबन्धनले समेत सहज बनाएको बताएका छन् । स्थानीय तहको निर्वाचनभन्दा मतदान गर्न सजिलो भएको कीर्तिपुर वैष्णवी मावि मतदान केन्द्रमा मत दिनुभएका प्रकाशसिंह महर्जनले बताउनुभयो । कीर्तिपुर नगरपालिका– ७ वडासदस्य उहाँले मतदाताको उत्साह देख्दा खुसी लागेको बताउनुभयो ।
काठमाडौँ क्षेत्र नं– ९ कलंकीका सुन्दर शर्माले भन्नुभयो, “हामी मतदाताले आफ्नो दायित्व पूरा गरेका छौँ । अब राजनीतिक दलले हामीप्रतिको दायित्व पूरा गरे मुलुक आर्थिक समृद्धिको शिखरमा चढ्न सक्छ । ”कीर्तिपुरका अर्का मतदाता धर्मेन्द्र बस्नेत विगतका निर्वाचनमा भन्दा सहजरुपमा मतदाता उत्साहित भएर मतदानमा सहभागी भएको बताउनुहुन्छ । “स्थानीय तहको निर्वाचनमा मतपत्र पनि ठूलो थियो, धेरैले मत दिन पनि असजिलो भएको गुनासो गरेका थिए । यस पटक सहज देखिएको छ”– उहाँले भन्नुभयो ।
ललितपुर जावलाखेल मतदान केन्द्रमा पहिलो पटक मतदान गर्न आउनुभएकी सीमा उपाध्याय आफ्नो अधिकार प्रयोग गर्न आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मलाई त असाध्यै खुसी लागेको छ । राजनीतिक स्थिरता होस् देशभित्रै रोजगारी पाइयोस् ।”
कीर्तिपुरमा भेटिनुभएका नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ क्षेत्र नं १० प्रदेश ‘क’ का उम्मेदवार दिलीप मर्हजन उत्साहपूर्ण तवरले मतदानमा सहभागी भएको र वाम गठबन्धनका पक्षमा उत्साह देखिएको बताउनुुहुन्छ । यो राजनीतिक स्थायित्वतर्फको यात्रामा जनताको सक्रिय सहभागिता भएको उहाँको भनाइ छ ।
निर्वाचन पर्यवेक्षणमा खटिनुभएका मानवअधिकारवादी नेता पद्यमरत्न तुलाधरले निर्वाचन शान्तिपूर्ण र मर्यादित भएकोमा खुसी व्यक्त गर्नुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “मतदाताको उल्लेख्य सहभागिता रहेको पाइएको छ । एकै वर्षमा तीन तीनवटा निर्वाचन भएपनि जनता सहजरुपमा सहभागी भएका छन् ।”
यस्तै निर्वाचन पर्यवेक्षणमा खटिनुभएका नागरिक समाजका अगुवा वीरेन्द्र मिश्रले मतदाताको उत्साह देख्दा आफूलाई असाध्यै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मतदाता निर्भयताका साथ मतदानमा सहभागी भएका छन् । ”राजधानीका विभिन्न मतदान केन्द्रमा मतदानका लागि लाइनमा लामबद्ध मतदाताले आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिएको बताए । उनीहरुले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि मत दिएको समेत प्रतिक्रिया दिएका छोन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












