पहिलो चरणका ३२ जिल्लामा मतगणना सुरु, कुन क्षेत्रबाट को-को भिडे ?
काठमाडौं, २१ मंसिर । पहिलो चरणमा सम्पन्न मतदानको मतगणना सुरु भएको छ । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना साँझ पाँच बजेदेखि सुरु भएको हो । मंसिर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिनपछि मतगणना गर्न लागिएको हो ।
पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकिसकेकाले मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ । बुधबार सर्वदलीय बैठक गरी सहमति गरेर प्रक्रिया पूरा भएको र आज पाँच बजेदेखिनै मतपत्र रहेको बाकस खोलेर गणनाको कार्य सुरु भएको हो ।
दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् । पहिलो चरणमा मतदान भएका हिमाली जिल्लाहरु मध्ये मनाङ र मुस्ताङको मत परिणाम छिटो आउने अपेक्षा गरिएको छ । ति दुई जिल्लामा मतदाताको संख्या न्युन छ ।
मनाङमा ५ हजार ८८० र मुस्ताङमा ९ हजार ४२७ मतदाता रहेका छन् । मनाङ र मुस्ताङमा प्रतिनिधी तथा प्रदेश सभाका मतपत्रमा दुई वटा मात्रै चुनाव चिन्ह रहेकोले गणना छिटो सकिने छ । मनाङको मत परिणाम सम्भवः भोली बिहानसम्म नै आउन सक्छ भने भोली साँझसम्म मुस्ताङको पनि मतपरिणाम आउने अपेक्षा गरिएको छ ।
पहिलो चरणको निर्वाचनमा को-को बीच प्रतिस्पर्धा ?
गोरखाः दुई निर्वाचन क्षेत्र रहेको गोरखा पहिलो चरणमा सबैभन्दा बढी चर्चामा रहेको जिल्ला हो । गोरखा क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका चीनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट माओवादीका हरि अधिकारीले प्रतिस्पर्धा गरेका छन् ।नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धामा छन् । बाबुरामलाई नेपाली काँग्रेसको सर्मथन छ भने नारायणकाजी बाम गठबन्धनका साझा उमेद्वार हुन् ।
धादिङ: धादिङमा प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ–१ बाट बाम गठबन्धनबाट भूमि त्रिपाठी र कांग्रेस तर्फबाट विश्व अर्याल चुनावी मैदानमा छन् । धादिङ २ मा नेपाली काँग्रेसको तर्फबाट दिलमान पाख्रिन र वाम गठबन्धनबाट एमाले नेता खेमप्रसाद लोहनीले प्रतिस्पर्धा गरेका छन् ।
बाग्लुङ : दुई निर्वाचन क्षेत्र रहेको बाग्लुङ क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसबाट चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका डा सूर्य पाठक प्रतिष्पर्धामा रहेका छन् । क्षेत्र नं. २ मा वाम गठबन्धनबाट माओवादीका देवेन्द्र पौडेल र नेपाली काङ्ग्रेसका नरबहादुर पुनबीच प्रतिष्पर्धा रहेका छन् ।
रूकुम (पश्चिम भाग): प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको रुकुम जिल्ला पश्चिम भागमा प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी नेता जनार्दन शर्मा र नेपाली काङ्ग्रेसका गोपालजीजङ्ग शाहबीच प्रतिस्पर्धा हुने अनुमान छ ।
सोलुखुम्बु: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको सोलुमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र नेपाली कांग्रेसका तर्फबाट बलबहादुर केसीले प्रतिष्पर्धा गर्दैछन् ।
ओखलढुङ्गा: प्रतिनीधिसभाको लागि १ निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा नेपाली कांग्रेसका तर्फबाट रामहरि खतिवडाका र बाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिष्पर्धामा छन् ।
ताप्लेजुङः प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ्मा प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका तर्फबाट केशब दाहाल प्रतिष्पर्धा गर्दैछन् ।
संखुवासभाः प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको संखुवासभामा प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र नेपाली कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन् ।
पाँचथर: पाँचथरमा नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्दाम्बे र बाम गठबन्धनबाट एमाले नेता बसन्त नेम्वाङ् चुनावी प्रतिष्पर्धामा छन् ।
भोजपुर: भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादीका नेता सुदन किँराती र नेपाली कांग्रेसका तर्फबाट उमेशजंग रायमाझीबीच हुने आँकलन गरिएको छ ।
खोटाङ: प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको खोटाङमा नेपाली कांग्रेसका तर्फबाट सरस्वती मजिमय र बाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराईबीच प्रतिष्पर्धा हुँदैछ ।
रसुवा: रसुवामा नेपाली कांग्रेसका मोहन आर्चाय र बाम गठबन्धनबाट एमालेका जनार्दन ढकालबीच प्रतिष्पर्धा हुँदैछ ।
रामेछाप: १ मात्रै निर्वाचन क्षेत्र रहेको रामेछपमा बाम गठबन्धनबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कान्छाराम तामाङबीच प्रतिष्पर्धा हुँदैछ ।
मुस्ताङ: १ निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काङ्ग्रेसबाट रोमी गौचन थकाली र वाम गठबन्धनबाट एमालेका प्रेमप्रसाद तुलाचन चुनावी प्रतिष्पर्धामा छन् ।
लमजुङ: एक निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली काङ्ग्रेसका तर्फबाट दिलबहादुर घर्ती र बाम गठबन्धनका तर्फबाट माओवादी नेता देव गुरुङ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
मनाङः एक निर्वाचन क्षेत्र रहेको मनाङमा बाम गठबन्धनबाट एमालेका पाल्देन गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर गुरुङ चुनावी मैदानमा छन् ।
रुकुम (पूर्वी भाग): रुकुम जिल्ला पूर्वी प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कमला रोका र नेपाली काङ्ग्रेसका नेता हरिशंकर घर्तीबीच प्रतिष्पर्धा हुने अनुमान छ ।
रोल्पा: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेका रोल्पामा प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका वर्षमान पुन र नेपाली काङ्ग्रेसकातर्फबाट अमरसिंह पुनबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
जाजरकोट: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेपाली काङ्ग्रेसका राजिव विक्रम शाही र वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
हुम्ला: एक निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम गठबन्धनबाट माओवादी केन्द्रका चिमी लामा र नेपाली काङ्ग्रेसका मङ्गल शाहीबीच प्रतिष्पर्धा हुँदैछ ।
मुगु: एक निर्वाचन क्षेत्र रहेको मुगुमा नेपाली काङ्ग्रेसका तर्फबाट हस्तबहादर मल्ल र वाम गठबन्धनका तर्फबाट एमाले नेता गोपाल बम चुनावी प्रतिस्पर्धा रहेका छन् ।
जुम्ला: एक निर्वाचन क्षेत्र भएको जुम्लामा नेपाली काङ्ग्रेसका तर्फबाट देवेन्द्र शाही र बाम गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत चुनावी मैदानमा छन् ।
कालिकोट: एक निर्वाचन क्षेत्र भएको कालीकोटमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गाबहादुर रावत र नेपाली काङ्ग्रेसका भुपेन्द्रजङ्ग शाही चुनावी मैदानमा रहेका छन् ।
डोल्पा: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको डोल्पामा वाम गठबन्धनका तर्फबाट एमाले नेता धनबहादुर बुढा र नेपाली काङ्ग्रेसका तर्फबाट अङ्गद बुढाबीच प्रतिष्पर्धा हुँदैछ ।
दार्चुला: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा वाम गठबन्धनको तर्फबाट गणेश ठगुन्ना र नेपाली काङ्ग्रेसका तर्फबाट विक्रम सिंह चुनावी मैदानमा छन् ।
बझाङ: एक निर्वाचन क्षेत्र रहेको बझाङमा नेपाली काङ्ग्रेसकातर्फबाट पृथ्वीबहादुर सिंह र वाम गठबन्धनका तर्फबाट एमाले नेता भैरवबहादुर सिंह चुनावी मैदानमा छन् ।
बाजुराः एक निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका लालबहादुर थापा र नेपाली काङ्ग्रेसका कविराज पण्डित चुनावी मैदानमा छन् ।
बैतडी: एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका दामोदर भण्डारी र नेपाली काङ्ग्रेसका नरबहादुर चन्दबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











