पहिलो चरणका ३२ जिल्लामा मतगणना सुरु, कुन क्षेत्रबाट को-को भिडे ?
काठमाडौं, २१ मंसिर । पहिलो चरणमा सम्पन्न मतदानको मतगणना सुरु भएको छ । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना साँझ पाँच बजेदेखि सुरु भएको हो । मंसिर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिनपछि मतगणना गर्न लागिएको हो ।
पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकिसकेकाले मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ । बुधबार सर्वदलीय बैठक गरी सहमति गरेर प्रक्रिया पूरा भएको र आज पाँच बजेदेखिनै मतपत्र रहेको बाकस खोलेर गणनाको कार्य सुरु भएको हो ।
दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् । पहिलो चरणमा मतदान भएका हिमाली जिल्लाहरु मध्ये मनाङ र मुस्ताङको मत परिणाम छिटो आउने अपेक्षा गरिएको छ । ति दुई जिल्लामा मतदाताको संख्या न्युन छ ।
मनाङमा ५ हजार ८८० र मुस्ताङमा ९ हजार ४२७ मतदाता रहेका छन् । मनाङ र मुस्ताङमा प्रतिनिधी तथा प्रदेश सभाका मतपत्रमा दुई वटा मात्रै चुनाव चिन्ह रहेकोले गणना छिटो सकिने छ । मनाङको मत परिणाम सम्भवः भोली बिहानसम्म नै आउन सक्छ भने भोली साँझसम्म मुस्ताङको पनि मतपरिणाम आउने अपेक्षा गरिएको छ ।
पहिलो चरणको निर्वाचनमा को-को बीच प्रतिस्पर्धा ?
गोरखाः दुई निर्वाचन क्षेत्र रहेको गोरखा पहिलो चरणमा सबैभन्दा बढी चर्चामा रहेको जिल्ला हो । गोरखा क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका चीनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट माओवादीका हरि अधिकारीले प्रतिस्पर्धा गरेका छन् ।नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धामा छन् । बाबुरामलाई नेपाली काँग्रेसको सर्मथन छ भने नारायणकाजी बाम गठबन्धनका साझा उमेद्वार हुन् ।
धादिङ: धादिङमा प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ–१ बाट बाम गठबन्धनबाट भूमि त्रिपाठी र कांग्रेस तर्फबाट विश्व अर्याल चुनावी मैदानमा छन् । धादिङ २ मा नेपाली काँग्रेसको तर्फबाट दिलमान पाख्रिन र वाम गठबन्धनबाट एमाले नेता खेमप्रसाद लोहनीले प्रतिस्पर्धा गरेका छन् ।
बाग्लुङ : दुई निर्वाचन क्षेत्र रहेको बाग्लुङ क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसबाट चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका डा सूर्य पाठक प्रतिष्पर्धामा रहेका छन् । क्षेत्र नं. २ मा वाम गठबन्धनबाट माओवादीका देवेन्द्र पौडेल र नेपाली काङ्ग्रेसका नरबहादुर पुनबीच प्रतिष्पर्धा रहेका छन् ।
रूकुम (पश्चिम भाग): प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको रुकुम जिल्ला पश्चिम भागमा प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी नेता जनार्दन शर्मा र नेपाली काङ्ग्रेसका गोपालजीजङ्ग शाहबीच प्रतिस्पर्धा हुने अनुमान छ ।
सोलुखुम्बु: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको सोलुमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र नेपाली कांग्रेसका तर्फबाट बलबहादुर केसीले प्रतिष्पर्धा गर्दैछन् ।
ओखलढुङ्गा: प्रतिनीधिसभाको लागि १ निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा नेपाली कांग्रेसका तर्फबाट रामहरि खतिवडाका र बाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिष्पर्धामा छन् ।
ताप्लेजुङः प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ्मा प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका तर्फबाट केशब दाहाल प्रतिष्पर्धा गर्दैछन् ।
संखुवासभाः प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको संखुवासभामा प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र नेपाली कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन् ।
पाँचथर: पाँचथरमा नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्दाम्बे र बाम गठबन्धनबाट एमाले नेता बसन्त नेम्वाङ् चुनावी प्रतिष्पर्धामा छन् ।
भोजपुर: भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादीका नेता सुदन किँराती र नेपाली कांग्रेसका तर्फबाट उमेशजंग रायमाझीबीच हुने आँकलन गरिएको छ ।
खोटाङ: प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको खोटाङमा नेपाली कांग्रेसका तर्फबाट सरस्वती मजिमय र बाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराईबीच प्रतिष्पर्धा हुँदैछ ।
रसुवा: रसुवामा नेपाली कांग्रेसका मोहन आर्चाय र बाम गठबन्धनबाट एमालेका जनार्दन ढकालबीच प्रतिष्पर्धा हुँदैछ ।
रामेछाप: १ मात्रै निर्वाचन क्षेत्र रहेको रामेछपमा बाम गठबन्धनबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कान्छाराम तामाङबीच प्रतिष्पर्धा हुँदैछ ।
मुस्ताङ: १ निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काङ्ग्रेसबाट रोमी गौचन थकाली र वाम गठबन्धनबाट एमालेका प्रेमप्रसाद तुलाचन चुनावी प्रतिष्पर्धामा छन् ।
लमजुङ: एक निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली काङ्ग्रेसका तर्फबाट दिलबहादुर घर्ती र बाम गठबन्धनका तर्फबाट माओवादी नेता देव गुरुङ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
मनाङः एक निर्वाचन क्षेत्र रहेको मनाङमा बाम गठबन्धनबाट एमालेका पाल्देन गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर गुरुङ चुनावी मैदानमा छन् ।
रुकुम (पूर्वी भाग): रुकुम जिल्ला पूर्वी प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कमला रोका र नेपाली काङ्ग्रेसका नेता हरिशंकर घर्तीबीच प्रतिष्पर्धा हुने अनुमान छ ।
रोल्पा: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेका रोल्पामा प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका वर्षमान पुन र नेपाली काङ्ग्रेसकातर्फबाट अमरसिंह पुनबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
जाजरकोट: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेपाली काङ्ग्रेसका राजिव विक्रम शाही र वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
हुम्ला: एक निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम गठबन्धनबाट माओवादी केन्द्रका चिमी लामा र नेपाली काङ्ग्रेसका मङ्गल शाहीबीच प्रतिष्पर्धा हुँदैछ ।
मुगु: एक निर्वाचन क्षेत्र रहेको मुगुमा नेपाली काङ्ग्रेसका तर्फबाट हस्तबहादर मल्ल र वाम गठबन्धनका तर्फबाट एमाले नेता गोपाल बम चुनावी प्रतिस्पर्धा रहेका छन् ।
जुम्ला: एक निर्वाचन क्षेत्र भएको जुम्लामा नेपाली काङ्ग्रेसका तर्फबाट देवेन्द्र शाही र बाम गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत चुनावी मैदानमा छन् ।
कालिकोट: एक निर्वाचन क्षेत्र भएको कालीकोटमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गाबहादुर रावत र नेपाली काङ्ग्रेसका भुपेन्द्रजङ्ग शाही चुनावी मैदानमा रहेका छन् ।
डोल्पा: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको डोल्पामा वाम गठबन्धनका तर्फबाट एमाले नेता धनबहादुर बुढा र नेपाली काङ्ग्रेसका तर्फबाट अङ्गद बुढाबीच प्रतिष्पर्धा हुँदैछ ।
दार्चुला: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा वाम गठबन्धनको तर्फबाट गणेश ठगुन्ना र नेपाली काङ्ग्रेसका तर्फबाट विक्रम सिंह चुनावी मैदानमा छन् ।
बझाङ: एक निर्वाचन क्षेत्र रहेको बझाङमा नेपाली काङ्ग्रेसकातर्फबाट पृथ्वीबहादुर सिंह र वाम गठबन्धनका तर्फबाट एमाले नेता भैरवबहादुर सिंह चुनावी मैदानमा छन् ।
बाजुराः एक निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका लालबहादुर थापा र नेपाली काङ्ग्रेसका कविराज पण्डित चुनावी मैदानमा छन् ।
बैतडी: एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका दामोदर भण्डारी र नेपाली काङ्ग्रेसका नरबहादुर चन्दबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












