मनाङ, मुस्ताङ र पूर्वी रुकुमको मतगणना सकियो, सबै क्षेत्रमा वाम गठबन्धन विजयी
रुकुम, २२ मंसिर । पूर्वी रुकुममा माओवादी केन्द्र विजयी भएको छ । वाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभा उम्मेदवार कमला रोका विजयी भएकी छन् । रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् ।
रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्याएको छ । उनी नेकपा माओवादीकी मात्रै होइन यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पहिलो महिला पनि हुन् ।
पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो र बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । मनाङ र मुस्ताङसँगै पूर्वी रुकुमको पनि मतगणना सकिएको छ । जहाँ नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि मनाङबाट बाम गठबन्धनका उम्मेद्वार पाल्तेन छेपाङ गुरुङले २३०० मतले विजयी भएका छन् । उनका निकटनम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार २०२१ ल्याएका छन् ।
मुस्ताङमा पनि वाम गठबन्धन विजयी भएको छ । मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












