निर्वाचन मतगणना अपडेटः ५ स्थानबाट बाम गठबन्धन विजयी, १ स्थानबाट कांग्रेस विजयी
काठमाडौं, २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् । प्रतिनिधि सभातर्फ एमाले १८ र माओवादी केन्द १२ स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले १८ र माओवादी केन्द्र १७ स्थानमा अग्रता लिएको छ ।
मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तुलाचन ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका छन् ।
यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गरेका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए । मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भएको थियो भने बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । यसअघि मुस्ताङकै क प्रदेशमा एमालेका इन्द्रधारा विष्टले जित हासिल गरेका थिए ।
हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन् ।
प्रतिनिधी सभा निर्वाचन तर्फ माओवादी केन्द्रले रुकुम पूर्वबाट माओवादी केन्द्रकी उम्मेदवार कमला रोका विजयी भएकी छन् । उनले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित गरेकी हुन् । घर्तीले ४ हजार ४ सय ६ मत पाएका थिए । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।
रुकुमबाट यसअघि माओवादीकातर्फबाट समानुपातिक सभासद् रहेकी कमला रोका माओवादी राज्य समिति सदस्य हुन् । २०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी रोका २०४६ सालदेखि राजनीतिमा लागेकी हुन् ।
मनाङबाट कांग्रेसको खाता खुल्यो
मनाङको प्रदेशतर्फ क मा कांग्रेस उम्मेदवार चिन्तबहादुर घले विजयी भएका छन् । उनले एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले पराजित गरेका छन् । बिजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । उता ख मा भने स्वतन्त्र उम्मेदवार राजिव गुरुङ विजयी बनेका छन् । गुरुङले १४१० मत ल्याउदा उनका प्रतिद्धन्दी कांग्रेसका कर्म गुरुङले १०२० मत पाएका छन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











