निर्वाचन मतगणना अपडेटः बाम गठबन्धन ८ स्थानमा विजयी हुँदा कांग्रेस १ सीटमा विजयी
काठमाडौं, २२ मंसिर । पहिलो चरणको निर्वाचन भएका जिल्लामा मत परिणाम सार्वजनिक हुन थालेका छन् । मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मत परिणाम सार्वजनिक हुन थालेको हो । अहिले सम्मको मत परिणाम अनुसार वाम गठबन्धन अगाडि देखिएको छ ।
वाम गठबन्धनले अहिलेसम्म ८ स्थानमा विजयी भईसकेका छन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन अहिलेसम्म एक स्थानमा मात्रै विजयी भएको छ । लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भने अहिलेसम्म खाता खोल्न सकेको छैन् ।
प्रदेशसभा तर्फ भने मनाङ क मा विजयी भएको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घले ९ सय ९८ मत ल्याएर विजयी भएका छन् । उनले एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले पराजित गरेका छन् ।
त्यस्तै वाम गठबन्धन अन्र्तगतको नेकपा एमालेले भने पाँच क्षेत्रमा विजयी भएको छ । एमाले प्रदेशसभा तर्फ तीन र प्रतिनिधिसभा तर्फ दुई गरी पाँच क्षेत्रमा विजयी भएको हो । त्यस्तै माओवादी केन्द्रले प्रदेशभातर्फका २ सिट जितेको छ भने प्रतिनिधिसभातर्फ १ सीटमा विजयी भएको छ ।
अग्रताको हिसावले पनि वाम गठबन्धन नै अगाडि रहेको छ । वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा तर्फ गरी दुवैमा ७४ स्थानमा अग्रता लिईरहँदा नेपाली कांग्रेसले भने ८ स्थानमा अग्रता लिईरहेको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












