काठमाडौँमा शनिबारदेखि महाभेला शुरु हुने
काठमाडौँ, २२ मंसिर । नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा शुरु हुने भएको छ । यही मंसिर २५ गतेसम्म डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेलाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । आगामी सोमबार सम्पन्न हुने सो भेलामा उपराष्ट्रपति नन्दबहादुर पुनको पनि सहभागिता रहनेछ ।
उक्त कार्यक्रमको ‘विकास र समृद्धिको आधार महिला र युवाको समान अवसर’ भन्ने नारा तय गरिएको छ । उनान्सत्तरिऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर गर्न लागिएको उक्त महाभेला यस वर्ष न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा हुन लागेको हो ।
तीनदिनसम्म सञ्चालन हुने उक्त भेलाले मानव अधिकार दिवसको सन्दर्भमा हुने प्रभातफेरीमा सहभागिता जनाउनेछ । मुलुकमा मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिबीच छलफल हुनेछ । देशमा मानव अधिकारको अवस्था कस्तो छ, नयाँ संरचनाअनुसार आगामी दिनमा त्यसलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सहभागीले धारणा राख्ने कार्यक्रम छ ।
महाभेलाका राष्ट्रिय संयोजक लिली थापाले संविधानमा सबैका अधिकारलाई सुनिश्चित गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेकाले युवा तथा महिलाको अधिकार प्राप्तिमा समस्या देखिएको बताउनुभयो । मुलुकमा परिवर्तन भएको राजनीतिक प्रणालीले समयसापेक्ष मानव अधिकारका क्षेत्रलाई सबै नागरिकको पहुँचमा पु¥याउनका लागिसमेत छलफल गरिनेछ ।
कुपण्डोलस्थित शान्ति, न्याय र लोकतन्त्रका लागि महिला सञ्जालले महाभेलाको सचिवालयका रुपमा कार्य गरिरहेको छ । राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले विगत आठ वर्षदेखि संयुक्त रूपमा महाभेलाको आयोजना गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












