मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी
काठमाडौँं, २२ मंसिर, । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी रहेको जानकारी दिएको छ । आयोगका अनुसार, मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्रको मतगणना शुरु भई कतिपय निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउने क्रम शुरु भइसकेको छ ।
मुस्ताङ, मनाङ र रुकुम पूर्वको पहिलो हुने निर्वाचित हुनेतर्फको मतगणना सम्पन्न भइसकेको तर विजयीको पूर्ण विवरण आयोगलाई औँपचारिकरुपमा प्राप्त भइसकेको जनाउँदै आयोगका प्रवक्ता नवराज ढकालले भन्नुभयो– “ती जिल्लामा अब समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना शुरु हुदैछ ।”
यसैगरी, मंसिर २१ गते बिहीबार ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा सम्पन्न भएको निर्वाचनका अधिकांश मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट बिहान १० बजे प्राप्त जानकारीअनुसार, सिन्धुली तेह्रथुम जिल्लाको ५७ मध्ये २०, सिन्धुली जिल्लाको १३७ मध्ये १८, काभ्रेपलान्चोकको १८९ मध्ये ३, नवलपरासी पूर्वको ११२ मध्ये १३, प्यूठानको १५१ मध्ये तीनवटा मतपेटिका ल्याउने क्रममा छन् ।
त्यसैगरी, सल्यानको १११ मध्ये ३३, दैलेखको १३६ मध्ये २२, सुर्खेतको १३८ मध्ये ८, डोटीको ११५ मध्ये २२, कैलालीको २३१ मध्ये १४, डडेल्धुराको ७७ मध्ये २१ मतदानस्थलमा मतपेटिका ल्याउँदै गरेको अवस्थामा छन् । अन्य मतपेटिका सदरमुकाम ल्याइसकिएको आयोगले जनाएको छ ।
दोस्रो चरणमा मतदान सम्पन्न भएका ४५ जिल्लामध्ये मतपेटिका संकलन भई उपत्यकाको ललितपुरका दुईवटा निर्वाचन क्षेत्रको मतगणना कार्य शुरु भइसकेको र क्षेत्र नं १ को मतगणना शुरु गर्ने तयारी हुँदैछ । त्यसैगरी, काठमाडौंँ तथा भक्तपुर जिल्लाका मतपेटिका संकलन भइसकेकाले केही बेरमै मतगणना शुरु हुने आयोगले जनाएको छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












