नतिजा कांग्रेसको पक्षमा नआउने स्पष्ट भएपछि पार्टी सभापति देउवाको राजीनामा माग
काठमाडौं, २२ मंसिर । प्रदेश र प्रतिनिधिसभा तर्फको निर्वाचन परिणाममा कांग्रेस कमजोर देखिएको छ । मंसिर १० र २१ गते सम्पन्न पहिलो र दोस्रो चरणको निर्वाचन मतगणना भईरहँदा कांग्रेसको अवस्था एकदमै कमजोर देखिएको हो । प्रारम्भीक मत परिणामा नेपाली कांग्रेस निकै कमजोर देखाएपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमता कमजोर हुँदा चुनावमा लज्जास्पद नजिता आउने संकेत देखिएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएका छन् । पार्टीभित्रको संगठन बलियो बनाउन नसकेको र सरकारको नेतृत्व गर्दासमेत जनमत आकर्षित गर्न नसकेको आरोप देउवामाथि लगाइएको छ ।
“चुनाव हराएका कारण राजीनामा दिएर पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।” एक नेताले भने । प्रारम्भीक नतिजा हेर्दा कांग्रेसले केही सिट मात्रै जित्ने र त्यसको जिम्मेवारी देउवाले लिुनपर्ने कतिपयको तर्क छ । पार्टीको पराजयप्रति जिम्मेवार बन्दै सभापति पदबाट राजीनामा दिनुपर्ने आवाज पार्टी भित्र उठ्न थालेको हो । कांग्रेसको नेतृत्व पूर्ण रुपमा असफल भएको नेताहरुको निष्कर्ष छ ।
पार्टी र सरकारको नेतृत्व गर्दा पनि जनतामाझ लोकप्रियता हासिल गर्न नसकेको आरोप देउवाको छ । पहिलो चरणको निर्वाचनको मतगणना हुँदै गर्दा कांग्रेसको अवस्था निकै कमजोर छ । अहिलेसम्मको अग्रतालाई हेर्दा कांग्रेस तेस्रो दल हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस तेस्रो दल भए पनि समानुपातिक मतका कारण कांग्रेस दोस्रो दल हुने सम्भावना छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












