धादिङमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्नः बामगठबन्धनका सबै उम्मेदवार विजयी
धादिङ, २३ मंसिर । प्रतिनिधि सभाको दुई र प्रदेश सभाको ४ क्षेत्र रहेको धादिङको प्रत्यक्ष तर्फको मत गणना सकिएको छ । धादिङको प्रतिनिधी सभा र प्रदेश सभाकामा सबै सदस्यहरुमा वाम गठबन्धन विजयी भएका छन् ।
धादिङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा सबै भन्दा धेरै मतान्तरमा वाम गठबन्धनका नेता तथा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी ४९ हजार ४२१ मत ल्याउँदै काँग्रेसका विश्व अर्याललाई पराजित गरेका थिए । प्रतिद्वन्दी अर्यालले २१ हजार ९६८ मत ल्याएका थिए ।
कडा प्रतिस्पर्धा देखिएको धादिङ प्रतिनिधी सभा र प्रदेश सभामा पनि वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रत्यक्ष तर्फको मतगणना सकिएसँगै समानुपातिकको मत गणनाको लागि तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
विजयी उम्मेदवार र प्रतिद्वन्दी उम्मेदवार
धादिङ प्रतिनिधी सभा क्षेत्र नम्बर १ः
विजयी उम्मेदवारः नेकपा एमाले भुमी त्रिपाठी प्राप्त मत ४९४२१
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस विश्व अर्याल २१९६८
धादिङ प्रदेशसभा क्षेत्र नम्बर १ को (१) माः
विजयी उम्मेदवारः नेकपा एमाले राजेन्द्र प्रसाद पाण्डे प्राप्त मत २७,३३२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस मधुकुमार श्रेष्ठ १३, ६४७
धादिङ प्रदेशसभा क्षेत्र नम्बर १ को (२):
विजयी उम्मेदवारः माओवादी केन्द्र शालिकराम जमकट्टेले प्राप्त मत २३३८२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रस प्रभात किरण सुवेदी १०४०७
धादिङ प्रतिनिधी सभा क्षेत्र नम्बर २ माः
विजयी उम्मेदवारः नेकपा एमाले खेमप्रसाद लोहनी प्राप्त मत ३६५५३
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रस दिलमान पाख्रिन प्राप्त मत ३५६१४
धादिङ प्रदेशसभा क्षेत्र नम्बर २ को (१):
विजयी उम्मेदवारः नेकपा एमाले डा. रामकुमार अधिकारी प्राप्त मत २०,३६८
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस रमेश धमला १९०१४
धादिङ प्रदेशसभा क्षेत्र नम्बर २ को (२):
विजयी उम्मेदवारः माओवादी केन्द्र जगत सिंखडा प्राप्त मत १७६०५
प्रतिद्वन्दी उम्मेदवारः राप्रपा डम्बर तामाङ १०४०७
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












