दार्चुलामा प्रत्यक्षतर्फका मतगणना सम्पन्नः वाम गठबन्धनको क्लिनस्विप
दार्चुला, २३ मंसिर । दार्चुलामा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत दार्चुला जिल्लामा वाम गठबन्धनले क्लिन स्विप गरेका छन्। दार्चुलाको प्रतिनिधि तथा प्रदेश सभामा वाम गठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन्।
प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमाले उम्मेदवार गणेश ठगुन्ना विजयी भएका छन् । ठकुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वि विक्रम सिंह धामीले २२ हजार २ सय ३३ मत ल्याए।
त्यसैगरी दार्चुला प्रदेश सभा क मा गेल्बु सिंह बोहरा विजयी भएका छन्। उनी १६ हजार सय ७३ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्धि नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत ल्याए।
दार्चुला प्रदेश सभा ख मा वाम गठबन्धनका उम्मेद्वार मान बहादुर धामी विजय भएका छन्। उनले १२ हजार ९ सय ५६ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका जगदिश पाल ९ हजार ५ सय ९८ मत ल्याएर पराजित भए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












