सोलुखुम्बु सबैमा वाम गठबन्धन विजयी
सोलुखुम्बु, २३ मंसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहनुभएका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी हुनुभएको छ । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याउनुभएको छ ।
प्रदेशसभा क मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी हुनुभएको छ । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गर्नुभएको हो । बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याउनुभएको छ । प्रदेशसभा ख मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहनुभएका नेता आङगेलु शेर्पालाई पराजित गर्नुभएको हो । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गर्नुभएको छ । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












