मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने
काठमाडौँ, २३ मंसिर । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए रु १०० दिने घोषणा गरिएको छ ।
आज मोबाइल रिचार्जका खोल र सुर्ती एवं गुट्खाका खोल ल्याउनेलाई रु १५० पुरस्कार दिइएको चक्रपथ सफाइ अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो । चक्रपथ सफाइको ३७ औँ हप्तामा आज ग्रिनसिटी अस्पताल–वसुन्धरा चोक हुँदै पुनः ग्रिनसिटी अस्पतालसम्म सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा १०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको अभियन्ता टण्डनले बताउनुभयो ।
उपत्यकामा आज नदी र चक्रपथ सफाइ गरी ३९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २३९ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको वाग्मती नदी किनारमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, मुक्तिनाथ विकास बैंक, हाम्रो पाइला, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, अभियन्ता डा राजु अधिकारी, टंक आचार्य, राजकुमार भट्टराईलगायत अभियन्ताको सक्रियता थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०० औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइ २०० हप्तामा प्रवेश गरेको अवसरमा बगैँचा गोडमेल र सफाइका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
रुद्रमती सफाइको १९६ औँ हप्तामा आज बत्तीसपुतली राममन्दिर क्षेत्रमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापनभयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
विष्णुमती सफाइको १६७ औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ११ स्थित तारकेश्वर गुम्बामा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३५० जना भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो । यसैगरी मीनभवन आलोकनगर सफाइको ३७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो । सफाइमा ५० भन्दा बढी महिलाको सहभागिता थियो । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












